
कोलकाता, 07 जून (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)-का वरिष्ठ नेता दिलीप घोषले आइतवार ‘सण्डे अन साइकल’ कार्यक्रममा भाग लिएर मानिसहरूलाई साइकल चलाउने अनि स्वस्थ जीवनशैली अप्नाउने आह्वान गरे।
दिलीप घोषले भने, साइकल सन्तुलन र अनुशासनको प्रतीक हो। यसै उद्देश्यले देशभरि नै ‘सण्डे अन साइकल’ कार्यक्रम आयोजना गरिँदैछ। उनले बताए, आइतवार सवेरै उनी न्यूटाउनस्थित इस्कन मन्दिरदेखि इको पार्कसम्म आयोजित साइकल ऱ्यालीमा सामेल भए।
उनले भने, स्वच्छ गाउँ, सुरक्षित जलवायु औ स्वस्थ समाज निर्माण गर्ने लक्ष्य बोकेर देशभरि नै यस किसिमको साइकल ऱ्याली आयोजना गरिएको छ। साइकल पर्यावरण संरक्षणमा मात्र सहायक नभएर स्वस्थ एवं फिट राख्ने पनि प्रभावकारी माध्यम हो।
दिलीप घोषले मानिसहरूसित यस पहलमा सामेल हुने अपील गर्दै भने, नियमित रूपमा साइकल चलाउनाले प्रदूषण घट्नको साथै स्वास्थ्य लाभ पनि पाइन्छ। उनले भने, “साइकल चलाउनुहोस्, स्वस्थ रहनुहोस् अनि पर्यावरण संरक्षणमा आफ्नो भूमिका निभाउनुहोस्।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा