बथानबाट छुट्टिएको हात्तीको शावक गाउँमा पस्यो, ग्रामीणहरू भयभित
बथानबाट छुट्टिएको हात्तीको शावक गाउँमा पस्यो, ग्रामीणहरू भयभित


सिलगढ़ी, 07 जून (हि.स.)। नक्सलबाड़ीको केटुगाबुर जोत क्षेत्रमा आइतवार बिहान त्यसबेला कोकोहोलो मचियो जतिबेला हात्तीहरूको बथानबाट छुट्टिएको एउटा हात्तीको शावकलाई गाउँमा घुम्दै गरेको देखियो।

जानकारी अनुसार गए शनिवार राती लगभग 60–70 वटा हात्तीहरूको बथान भोजनको खोजीमा यस आवासीय क्षेत्रमा पसेको थियो। पछि सबै हात्तीहरू जङ्गल तर्फ फर्कियो, तर एउटा शावक आफ्नो झुण्डदेखि छुट्टिएर गाउँमै बस्यो।

बिहान हुनसाथ शावक यता-उता भौंतारिन थाल्यो जसले गर्दा गाउँमा सन्त्राष फैलियो। स्थानीय मानिसहरूले तुरून्तै वन विभागलाई सूचना दिए। त्यसपछि पानीघट्टा र टुकरियाझाड़ रेञ्जका वनकर्मी तथा एलिफेन्ट स्क्वाडले घटनास्थलमा पुगेर शावकलाई सुरक्षित जङ्गल तर्फ पठाउने अभियान शुरू गऱ्यो।

वन विभागका अधिकारीहरू अनुसार शावक धेरै सानो छ, त्यसैले जङ्गलको बाटो नचिनेर भौंतारिएको हुनसक्छ।

पानीघाटा रेञ्जका रेञ्जर प्रणव कुमार दासले बताए, वनकर्मीहरूले हात्तीको शावलाई सुरक्षित रूपमा जङ्गलतिर पठाउने प्रयास गरिरहेका छन्।

यस घटनापछि क्षेत्रका ग्रामीणहरू डराइरहेका छन्। वन विबागले मानिसहरूसित शावकको छेउमा नजना तथा सुरक्षित दूरत्व कायम राख्ने अपील गरेको छ ताकि कुनै पनि प्रकारको अप्रिय घटनादेखि बच्न सकोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande