बजालीमा साइबर अपराधीहरूको विरोधमा पुलिसको व्यापक कारबाही, चार जना समातिए
बजालीमा साइबर अपराधीहरूको विरोधमा पुलिसको व्यापक कारबाही, चार जना समातिए


बजाली (असम), 07 जून (हि.स.)। बजाली जिल्लामा साइबर अपराध विरोधी अभियान अन्तर्गत सरूपेटा पुलिसले चार जना आरोपीहरूलाई पक्राउ गरेको छ। पुलिसले आज बतायो, यिनीहरू विभिन्न राज्यका मानिसहरूबाट साइबर ठगीको माध्यमबाट जुटाएको धनराशिलाई कस्टमर सर्भिस पोइन्ट (सीएसपी)- को माध्यमबाट निकालेको आरोपमा सामेल थिए।

पुलिस जाँचमा थाहा लागे अनुसार यी लेन-देनको कारणले केही सीएसपी सञ्चालकहरूको ब्याङ्क खाता नै बन्द भएको थियो। त्यसपछि प्रभावित सीएसपी सञ्चालकहरूले मामिलाको जानकारी पुलिसलाई दिए जसको आधारमा अनुसन्धान शुरू गरियो।

पक्रा पर्ने आरोपीहरूको पहिचान बिहारका आदित्य तिवारी र राहुल कुमारको रूपमा भएको छ भने अन्य दुई जना आरोपीहरूमा हकारटोप गाउँका जितुमणि राय औ पुठिमारी गाउँका रञ्जन दास सामेल छन्।

पुलिसले चारै आरोपीहरूको कब्जाबाट विभिन्न मानिसहरूको ब्याङ्क खातासित सम्बन्धित दस्तावेज, एटीएम कार्ड तथा अन्य महत्वपूर्ण कागजपत्र जफत गरेको छ। मामिलाको विस्तृत जाँच भइरहेको छ। पुलिसले साइबर ठगीको यस नेटवर्कसित जोड़िएका अन्य मानिसहरूलाई खोजिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande