
पूर्वी सिंहभूम, 07 जून (हि.स.)। जापानको काकामिगाहारामा आयोजित पुरुष अण्डर-18 एशिया कप हकी 2026 मा भारतको ऐतिहासिक स्वर्णिम सफलतामा जमशेदपुरको नवल टाटा हकी अकादमी (एनटीएचए)-का दुई जना क्याडेटहरूले महत्वपूर्ण भूमिका निर्वाह गरे। के
अकादमीका प्रतिभाशाली खलाड़ीद्वय आशिष तानी पूर्ति र प्रेमचन्द सोयको बेजोड़ प्रदर्शनको सट्टा भारतीय टीमले फाइनल खेलमा आतिथ्य जापनलाई 4-1 गोलले परास्त गरी खिताब आफ्नो नाममा गऱ्यो। सम्पूर्ण टोर्नामेन्टभरि नै भारत अपराजित रह्यो भने उसले एशियाका सशक्त टीमहरूलाई मात दिँदै आफ्नो दबदबालाई कायम राख्यो।
टोर्नामेन्टमा आशिष तानी पूर्ति सबैभन्दा चम्किलो तारा भएर उदाए। उनले 13 गोल दागेर प्रतियोगिताको सर्वाधिक गोल लगाउने खेलाड़ीको सम्मान हासिल गरे। सेमीफाइनल र फाइनल दुवै खेलमा लगातार ह्याट्र्कि लगाएर उनले आप्नो असाधारण क्षमताको परिचय दिए।
जापानविरूद्ध खिताबी प्रतिस्पर्धामा उनको तीन गोलले भारतको जीत सुनिश्चित गऱ्यो जसको लागि उनलाई फाइनलको प्लेयर अफ द म्याच पनि चुनियो।
यसरी नै मिडफील्डमा प्रेमचन्द सोयले आफ्नो खेलको उत्कृष्ट बुझाई, तीव्र पासिङ्ग औ आक्रामक रणनीतिबाट भारतीय टीमलाई सशक्तता प्रदान गरे। उनले सम्पूर्ण टोर्नामेन्टमा टीमको खेलको गतिलाई नियन्त्रण गरे अनि केही महत्वपूर्ण अवसरहरू तयार पारे। चीनीयाँ ताइपेविरूद्ध उनको गोल पनि भारतको सफलताको लागि निर्णायक साबित भयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा