
कोलकाता, 07 जून (हि.स.)। कोलकाता नगरनिगम, जोड़ासांकोको वार्ड नम्बर 39- का पार्षद मोहम्मद जसिमुद्दीनलाई आइतवार बिहान उनको घरबाटै पक्राउ गरियो।
प्राप्त जानकारी अनुसार आइतवार बिहानदेखिकै पुलिस र केन्द्रिय बलका जवानहरू उनको गर बाहिर तैनाथ थिए। आरोप छ, जसिमुद्दीले ढोका खोलेनन्। लगभग 6 घण्टा प्रतीक्षा गरेपछि पुलिसले बाहिरबाट ताला खोलेर भरभित्र प्रवेश गऱ्यो अनि उनलाई पक्राउ गऱ्यो। घटनापछि क्षेत्रको माहोल तनाउपूर्ण भएको छ।
उनका समर्थकहरूले विरोध प्रदर्शन गरे भने अर्कोतिर भाजपा समर्थकहरू पनि हातमा अण्डा बोकेर प्रदर्शनमा सामेल भए।
पुलिसले जसिमुद्दीनविरूद्ध पोक्सो अधिनियम तथा भारतीय न्याय संहिता (बीएनएस) -का विभिन्न धाराहरू अन्तर्गत मामिला दर्ता गरेको छ।
स्थानीय सूत्र मुताविक तीन वर्षअघि स्थानीय एकजना नाबालिकासित कथित रूपमा अश्लील व्यवहार गरिएको मामिलामा जसिमुद्दीनका निकटवर्ती मानिसहरूको नाम मुछिएको थियो। वर्तमानमा पीड़ित युवती कलेजकी छात्र हुन्। आरोप छ, गए शनिवार फेरि उसलाई सताइयो साथै पुरानो मामिलालाई फिर्ता लिनको लागि धम्की दिइयो। त्यसपछि युवतीको परिवारले थानामा नयाँ सिकायत दर्ता गरायो। पुलिसले गए शनिवार राती यसै मामिलामा जसिमुद्दीनका एकजना निकटवर्ती व्यक्तिलाई पक्राउ गऱ्यो। पार्षद सहित पाँच जना मानिसहरूविरूद्ध मामिला दर्ता गरिएको छ।
एफआईआरमा अवैध गतिविधिहरूमा सामेल रहेको, आपराधिक षड़यन्त्र रचेको, धम्की दिएको, पीड़िताको पहिचान खुलासा गरेको तथा शीलभङ्गसित सम्बन्धित आरोप लगाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा