
बीरभूम, 07 जून (हि.स.)। जिल्लाको नानूर क्षेत्रस्थित जण्डाङ्गा गाउँमा पुरानो विवादलाई लिएर गए शनिवार राती गोली दागिएको साथै धारिलो हतियारले प्रहार गरिएको कारण शेख मकसुद (49) नामक व्यक्तिको मृत्यु भयो। झड़पमा दुवै पक्षका न्यूनत पनि दश जना मानिसहरू घाइते भए जसमा एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ।
स्थानीय सूत्र अनुसार गाउँकै एउटा मस्जिदमा मौलवी नियुक्ति गर्ने विषयमा लगभगग एक वर्षअघि दुई पक्षमाझ विवाद भएको थियो। गए शनिवार राती छिमेकीको घरबाट फर्किरहेका शेख मकसुदलाई प्रतिद्वन्द्वी गुटका मानिसहरूले तिनीमाथि लौरो, बाँस तथा धारिलो हतियारले हमला गरे। त्यसपछि तिनीमाथि गोली पनि दागे।
दुई पक्षबीच टूलो भिड़न्त त्यसबेला भयो जतिबेला मकसुदको परिवारका सदस्यहरू उ चिच्याएको सुनेर घटनास्थलमा पुगे। सूचना पाउनसाथ किरनाहर थानाको पुलिस घटनास्थलमा पुग्यो अनि स्थितिलाई नियन्त्रण गऱ्यो।
मृतकको परिवारले दाबी गरेको छ, मकसुदको हत्या सुनियोजित ढङ्गमा गरिएको थियो। अप्रिय घटनादेखि बच्नको लागि आइतवार क्षेत्रमा भारी मात्रामा पुलिस बललाई तैनाथ गरिएको थियो। पुलिसले घटनाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा