पुलिस भिड़न्तमा डाँका घाइते
पुलिस भिड़न्तमा डाँका घाइते


नोएडा, 07 जून (हि.स.)। थाना बीटा-2 पुलिसले हिजो राति पुलिस भिड़न्तको क्रममा एक डाँकालाई पक्राउ गरेको छ। पुलिसको गोली उसको खुट्टामा लागेको छ।

थाना बीटा-2 का प्रभारी निरीक्षक विनोद कुमारले बताए, हिजो राति ढकिया बाबा गोलचक्कर नजिकै पुलिसले जाँच गरिरहेको बेला मोटरसाइकलमा एक शंकास्पद व्यक्ति आउँदै गरेको देखियो। पुलिसले उसलाई रोक्न संकेत गर्दा उसले मार्ने उद्देश्यले पुलिस टोलीमाथि गोली चलायो र भाग्न थाल्यो। उनले भने, पुलिसले पनि जवाबी गोलीबारी गऱ्यो। गोली राजेन्द्र उर्फ लल्लु उर्फ लालुको खुट्टामा लाग्यो। पुलिसले देशी पेस्तोल, कारतूस, घटनामा प्रयोग गरिएको मोटरसाइकल, चोरी भएको सुनको सिक्री र विभिन्न ठाउँबाट चोरी भएको तीन वटा मोबाइल फोन जफत गरेको छ। उसको एक साथी घटनास्थलबाट भागेको छ। पुलिसले उसको खोजी गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande