
राजौरी, 07 जून (हि.स.)। राजौरी जिल्लाको मञ्जाकोट तहसीलको डोरी माल जंगल क्षेत्रमा जारी खोज अभियानका क्रममा भारतीय सेनाका एक अधिकारीको मृत्यु भएको छ। मृत अधिकारी सेनाको असम यूनिटसित सम्बन्धित बताइएको छ। घटनापछि सेना र प्रशासनिक अधिकारीहरूमा शोकको माहोल छ।
जानकारी अनुसार सेना, जम्मू कश्मीर पुलिस र अन्य सुरक्षा एजेन्सीहरूले डोरी मालको जंगलमा विगत केही दिनदेखि संयुक्त खोज अभियान चलाइरहेका छन्। यस क्षेत्रमा सम्भावित आतंकवादी गतिविधिलाई ध्यानमा राख्दै सुरक्षा बलहरूले व्यापक स्तरमा खोजी अभियान चलाइरहेका छन्। सेनाका क्याप्टेन बीरेश्वर गोस्वामी पनि उक्त अपरेसनमा सहभागी थिए र आफ्नो टोली सहित त्यस क्षेत्रमा तैनाथ भएका थिए। शनिवार यसै अभियानको क्रममा कुनै कारणले उनको स्वास्थ्य अचानक बिग्रियो।
घटनास्थलमा उपस्थित जवानहरूले तत्कालै उनलाई उपचारका लागि बाहिर निकाले पनि उनको अवस्था चिन्ताजनक रहेको थियो। त्यसपछि उनलाई राजौरी स्थित आर्मी अस्पतालमा ल्याइयो जहाँ उनको मृत्यु भयो। सैनिक श्रोत अनुसार, औपचारिकता पूरा गरेपछि पार्थिव शरीरलाई थप सैनिक सम्मानका साथ गृहस्थल पठाइनेछ। क्याप्टेन बीरेश्वर गोस्वामी एक समर्पित र कर्तव्यनिष्ठ अधिकारीको रूपमा परिचित थिए। उनको निधनको खबरले सेनाका अधिकारीहरू, जवानहरू र स्थानीयवासीमा शोकको लहर छ।
डोरीमाल क्षेत्रमा जारी खोज अभियान चुनौतीपूर्ण अवस्थामा चलिरहेको छ। घना जंगल, दुर्गम भूभाग र प्रतिकूल मौसमका बाबजुद पनि सुरक्षाकर्मीले कारवाही जारी राखेका छन्। यसैबीच उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ र खोजी कार्य जारी छ। अफवाहबाट टाढ़ा रहन र आधिकारिक सूचनामा मात्र भर पर्न प्रशासनले अपील गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी