एक सेप्टेम्बरदेखि फोहोर फाल्ने अनि सिङ्गल-यूज प्लास्टिकमाथि जरीमाना लगाइने, सिलगढ़ी बन्नेछ ‘हिमालयन हिल सिटी’
एक सेप्टेम्बरदेखि फोहोर फाल्ने अनि सिङ्गल-यूज प्लास्टिकमाथि जरीमाना लगाइने, सिलगढ़ी बन्नेछ ‘हिमालयन हिल सिटी’


सिलगढ़ी, 07 जून (हि. स.)। राज्यकी नगर विकास एवं महिला तथा बाल कल्याण मन्त्री अग्निमित्रा पालले उत्तरकन्याबाट महत्वपूर्ण घोषणा गर्दै भनिन्, आगामी एक सेप्टेम्बरदेखि सड़कहरूमा यत्रतत्र मैला फाल्ने तथा सिङ्गल-यूज प्लास्टिकको प्रयोगमाथि जरीनामा लगाइनेछ। शहरलाई स्वच्छ एवं पर्यावरण अनुकूल बनाउनको लागि सरकारले कड़ा कदम उठाइरहेको च। आइतवार उत्तरकन्यामा प्रशासनिक बैठक गरेपछि पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा मन्त्रीले उक्त घोषणा गरेकी हुन्।

उनले बताइन्, नियमहरूको उल्लङ्घन गर्नेहरूविरूद्द कड़ा कारबाही गरिनेछ। यस अतिरिक्त उत्तर बङ्गालका पाँच वटा शहरहरू क्रमैले सिलगढ़ी, दार्जीलिङ, खरसाङ, कालेबुङ तथा मिरिकलाई मिलाएर ‘हिमालयन हिल सिटी’ बनाउने योजनामाथि काम गरिँदैछ। यस परियोजना अन्तर्गत पर्यटन, शहरी बुनियादी ढांँचा, पर्यावरण संरक्षण औ आधुनिक नागरिक सुविधाहरूलाई विकसित गरिनेछ। बैठकमा विभिन्न सरकारी योजनाहरूको प्रगति, महिला एवं बाल कल्याण, जल निकासी, पेयजल, फोहोर प्रबन्धन तथा अन्य नागरिक सेवाहरूको समीक्षा गरियो।

सो बैठकमा दार्जीलिङका सांसद राजू बिष्ट, जलपाईगुड़ीका सांसद जयन्त राय, विभिन्न जिल्लाहरूका विधायकगण अनि प्रशासनिक अधिकारीहरू उपस्थित थिए। मन्त्रीले अधिकारीहरूलाई आवश्यक दिशानिर्देश पनि दिँदै भनिन्, उत्तर बङ्गालको विकासलाई नयाँ गति दिइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande