‘प्याडल द बीट-सण्डे अन साइकल’ अभियानको नेतृत्व शिक्षा मन्त्री आशिष सूदले गरे
‘प्याडल द बीट-सण्डे अन साइकल’ अभियानको नेतृत्व शिक्षा मन्त्री आशिष सूदले गरे


नयाँ दिल्ली, 07 जून (हि.स.)। दिल्लीका शिक्षा मन्त्री आशिष सूदले आइतवार जनकपुरीमा आयोजित साइकिलिङ्ग अभियान प्याडल द बीट-सण्डे अन साइकल- मा साइकल ऱ्यालीको नेतृत्व गरे। फिटनेस, स्वास्थ्य जागरूकता औ पर्यावरण संरक्षणप्रति समर्पित सो कार्यक्रममा समाजका विभिन्न वर्गका मानिसहरूले उत्साहपूर्वक भाग लिए।

साइकल ऱ्यालीको शुरुआत एसकेवी, ए-ब्लक, जनकपुरीबाट भयो जुन सीएम श्री स्कूल, सी-4ई, जनकपुरी (गेट नं. 3)- सम्म पुग्यो। सम्पूर्ण साइकल मार्गभरि प्रतिभागीहरू उत्साहित भएर आफ्नो गन्तव्यसम्म पुगे। यस अभियानमा बाल-बालिका, युवा, महिला, वरिष्ठ नागरिकहरू तथा फिटनेस प्रेमीहरूले ठूलो सङ्ख्यामा सामेल भएर स्वस्थ अनि सक्रिय जीवन शैलीको सन्देश दिए।

यस अवसरमा शिक्षा मन्त्रीले भने, साइकिलिङ्ग खेला वा व्यायाम मात्र होइन, स्वस्थ जीवन, स्वच्छ पर्यावरण औ जिम्मेवार नागरिकताको पहिचान पनि हो। आजको समयमा मानिसहरू मोटोपन तथा विभिन्न बिमारीहरूको शिकार भइरहेको अवस्थामा स्वास्थ्यप्रति सचेत रहन आवश्यक छ। यस कार्यक्रमको उद्देश्य जनकपुरीका मानिसहरूलाई पर्यावरण-अनुकूल एवं टिकाऊ परिवहनको माध्यमको रूपमा साइकललाई अप्नाउनका लागि प्रेरित गर्नु तथा फिटनेसप्रति जागरूक बढ़ाउनु हो।

कार्यक्रममा व्यापक रूपमा स्थानीय नागरिकहरू, सामाजिक सङ्गठनहरू, युवा समूह औ फिटनेस समुदायहरूले भाग लिए। सबै प्रतिभागीहरूले नियमित रूपमा साइकिलिङ्ग तथा शारीरिक गतिविधिहरूलाई अप्नाउने सङ्कल्प लिए भने स्वस्थ, हरित औ सक्रिय दिल्ली निर्माणमा योगदान दिने सन्देश पनि दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande