
सिलगढ़ी, 7 जून (हि.स.)। राज्यकी मन्त्री अग्निमित्रा पाल एक दिवसीय भ्रमणमा आइतवार उत्तर बङ्गाल आइपुगेकी छन्। बागडोगरा हवाईअड्डामा आइपुगेपछि उनले क्षेत्रमा बाढ़ीको स्थिति तथा विकास कार्यहरूको समीक्षा गर्ने कुरा गरिन्। उनले भनिन्, राज्य सरकारले उनलाई विशेष रूपमा उत्तर बङ्गालका विभिन्न क्षेत्रहरूको स्थितिको जायजा लिनको लागि पठाएको हो।
मन्त्रीले आरोप लगाइन्, तृणमूल कङ्ग्रेसका नेताहरूलाई जनतामाझ विरोधको सामना गर्न परिरहेको छ। भ्रष्टाचार एवं कथित असुलीको कारणले मानिसहरूमा असन्तोष बढ़्दो छ जसको प्रभाव चुनाउ परिणाममा पनि स्पष्ट देखिएको छ।
मदरसाहरूलाई प्राप्त हुने सरकारी सहायताको सन्दर्भमा उनले भनिन्, राज्य सरकारद्वारा दिइएको लगभग 5,713 करोड़ रुपियाँको अनुदानलाई कसरी उपयोग गरिरहेको छ, त्यसको समीक्षा हुन आवश्यक छ। उनले भनिन्, कतिजना विद्यार्थीहरू यसबाट लाभान्वित भइरहेका छन् र शिक्षाको क्षेत्रमा यसको वास्तविक प्रभाव कस्तो छ, विचार गर्न आवश्यक भएको छ। उनको भनाइ थियो, अल्पसङ्ख्यक समुदायका विद्यार्थीहरूले पनि विकास, शिक्षा औ रोजगारको समान अवसर पाउनुपर्छ।
अल्पसङ्ख्यक राजनीतिको मुद्दामा मन्त्रीले भनिन्, कुनै पनि समुदायलाई भोट ब्याङ्कको रूपमा मात्र हेरिनु हुँदैन। चाहे मुस्लिम होस् वा पारसी वा अन्य कुनै समुदायका मानिसहरू सबैको प्राथमिकता शिक्षा, रोजगार र विकास हो।
उनले हालैमा केन्द्रिय रेल मन्त्रीद्वारा बुलेट ट्रेन परियोजनाको उल्लेख गरिएको परिप्रेक्ष्यमा भनिन्, आधारभूत ढाँचाको विकासलाई तीव्रता दिइएको छ। साथै उनले आरोप पनि लगाइन्, ममता ब्यानर्जीको सरकारले विकास कार्यहरूको अपेक्षा उत्सवहरूमा अधिक ध्यान दियो।
उत्तर बङ्गालको सन्दर्भमा उनले भनिन्, क्षेत्रलाई अब उपेक्षित हुन दिइनेछैन। आफ्नो भ्रमण अन्तर्गत उनले दार्जीलिङ, मिरिक औ जलपाईगुड़ी सहित केही क्षेत्रहरूको भ्रमण गर्नेछन्। उनले भनिन्, बाढ़ीबाट हुने नोक्सानलाई रोक्न, महिलाहरूको स्थितिको मूल्याङ्कन गर्न तथा प्रभावित क्षेत्रहरूमा राहत एवं विकास कार्यहरूको समीक्षा उनको प्राथमिकता हुनेछ।
यस अतिरिक्त उनले नगरपालिकामा भर्तीसित सम्बन्धित कथित अनियमितताको जाँच र त्यसको निष्पक्षताको समीक्षा गर्ने कुरा समेत गरेकी छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा