
खरसाङ, 07 जून (हि.स.)। दार्जिलिङ हिमालयन रेलवेको आयोजनामा भइरहेको समर फेस्टिभल अन्तर्गत आज खरसाङको रेलवे स्टेशनदेखि तीनधारेसम्म साइकल ऱ्यालीको आयोजना गरियो। दार्जिलिङ हिमालयन रेलवेको आयोजनामा ६ देखि १४ जूनसम्म समर फेस्टिभलको आयोजना भइरहेको छ।
उक्त साइकल ऱ्याली बिहान खरसाङ रेलवे स्टेशनबाट शुरु भयो। ऱ्यालीलाई दार्जिलिङ हिमालयन रेलवेका निर्देशक रिसभ चौधरी, खरसाङका डीएफओ आईएफएस देवेश पाण्डे र एसबीआई शाखाका प्रबन्धक शुभजीत शाहले झण्डा देखाएर प्रस्थान गराएका थिए। साइकल ऱ्याली खरसाङबाट राष्ट्रिय राजमार्ग 110 अन्तर्गत गिद्ध, पहाड, महानदी, घैयाबारी हुँदै तीनधारेको रेलवे स्टेशनसम्म पुगेर समापन भयो।
हिन्दुस्थान समाचार / हनोक