राज्य सरकारको “सण्डे अन साइकल” कार्यक्रममा मन्त्रीले चलाए साइकल
राज्य सरकारको “सण्डे अन साइकल” कार्यक्रममा मन्त्रीले चलाए साइकल


हुगली, 07 जून (हि. स.)। राज्य सरकारको पहल “सण्डे अन साइकल” कार्यक्रम अन्तर्गत आइतवार राज्यका विभिन्न भागहरूमा जस्तै हुगली जिल्लाको श्रीरामपुरमा पनि साइकल ऱ्याली आयोजना गरियो। श्रीरामपुर महकुमा शासक (एसडीओ) कार्यालयद्वारा आयोजित यस कार्यक्रममा राज्यका प्रतिमन्त्री भास्कर भट्टाचार्यले आफै साइकल चलाएर मानिसहरूलाई स्वस्थ एवं पर्यावरण संरक्षणको सन्देश दिए।

एसडीओ कार्यालय परिसरबाट झण्डा देखाएर साइकल ऱ्यालीको शुरूआत गरियो। त्यसपछि ऱ्यालीले शहरका विभिन्न क्षेत्रहरूको परिक्रमम गरेपछि पुनः एसडीओ कार्यालयमा आएर समापन गरियो।

कार्यक्रममा प्रशासनिक अधिकारीगण, स्थानीय जनप्रतिनिधिगण औ ठूलो सङ्ख्यामा नागरिकहरूले भाग लिएका थिए। यस पहलको उद्देश्य मानिसहरूलाई साइकलको उपयोगप्रति जागरूक गराउनु, स्वस्थ जीवन शैलीलाई प्रेरित गर्नु तथा पर्यावरण संरक्षणको सन्देश दिनु हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande