मेदिनीपुर र बीरभूममा तृणमूल नेताहरूको राजीनामा, अस्वस्थता मुख्य कारण
मेदिनीपुर र बीरभूममा तृणमूल नेताहरूको राजीनामा, अस्वस्थता मुख्य कारण


मेदिनीपुर, 07 जून (हि. स.)। पश्चिम बङ्गालमा सत्ता परिवर्तन भएपछि तृणमूल कङ्ग्रेसका जनप्रतिनिधिहरूले राजीनामा दिने सिलसिला जारी छ। यसै क्रममा पश्चिम मेदिनीपुर र बीरभूम जिल्लामा पनि तृणमूल कङ्ग्रेसका केही पदाधिकारीहरूले आफ्नो पदबाट राजीनामा दिएका छन्।

पश्चिम मेदिनीपुर जिल्लाको शालबनी पञ्चायत समितिका अध्यक्ष नेपाल सिंहले पदबाट राजीनामा दिएका छन्। उनले बताए, उनले आफ्नो राजीनामा पत्र मेदिनीपुरका एसडीओलाई पठाएका छन्। तथापि प्रशासनको भनाइ छ, अहिलेसम्म आधिकारिक रूपमा राजीनामा पत्र प्राप्त भएको छैन।

नेपाल सिंहले राजीनामा दिनको प्रमुख कारण स्वास्थ्य सम्बन्धि समस्या बताएका छन्। उनको भनाइ छ, धेरै दिनदेखिको उनको स्वास्थ्य ठीक नरहेको कारणले उनले आफ्नो दायित्व निर्वहन गर्नमा असमर्थता महसूस गरिरहेका छन्।

अर्कोतिर बीरभूम जिल्लाको सिउड़ी-दुई ब्लकमा तृणमूल सञ्चालित तीन वटा ग्राम पञ्चायतका प्रधानहरूले पनि गए शनिवार साँझ राजीनामा दिए। यसमा बनसङ्ख्या ग्राम पञ्चायतका प्रधान मोहम्मद बशिरुद्दीन, अविनाशपुर ग्राम पञ्चायतकी प्रधान फूलमणि हाजरा औ कोमा ग्राम पञ्चायतकी प्रधान सुमित्रा टुडू सामेल छन्।

तीनै जना प्रधानहरूले आ-आफ्नो स्वास्थ्यको आधारमा पद त्याग गरेको कुरा गरेका छन्। अविनाशपुर पञ्चायतकी प्रधान फूलमणि हाजराले भनिन्, स्वास्थ्य समस्याले गर्दा उनले पञ्चायतको काममा पर्याप्त समय दिन सकिरहेकी थिइनन्, त्यसैले पदबाट राजीनामा दिने निर्णय लिएकी हुन्।

यस किसिमका घटनाक्रमलाई लिएर भाजपा नेताहरूले दाबी गरेका छन्, अब मानिसहरू तृणमूलसित बस्न चाहँदैनन्। अर्कोतिर तृणमूलका जिल्ला नेतृत्वको भनाइ छ, राजीनामा दिनुको कारणहरू थाहा पाउन जाँच गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande