टिस्टा नदी दुर्घटनामा बेपत्ता भएका नाबालिकसहित चार जनाको मृतदेह भेटियो
टिस्टा नदीमा चलाइएको खोज एवं उद्धार अभियान।


कालेबुङ, 07 जून (हि.स.)। सिक्किमबाट सिलगढ़ीतर्फ जाने क्रममा शुक्रबार अचानक राष्ट्रिय राजमार्ग 10 मा सम्पर्कबिहीन बनेका एकै परिवारका चार सदस्यको आइतबार शव फेला परेको छ। चारै जनाको शव उनीहरू यात्रा गरिरहेको वाहनभित्र भेटिएका छन्। आइतबार बिहानदेखि चलाइएको खोज एवं उद्धार अभियानका क्रममा टिस्टा नदीमा फेला परेको वाहनभित्र चारै जनाको शव पनि फेला परेको हो। मृतकहरूमा एक नाबालक पनि सामेल छन्।

स्रोतका अनुसार, उक्त परिवार शुक्रबार सिक्किमबाट सिलगढ़ीतर्फ जाँदै थियो। उनीहरू सिलगढ़ीमा उपचाराधिन आफन्तलाई भेट्न गइरहेका थिए। उनीहरूसँग अन्तिम पटक राष्ट्रिय राजमार्ग १० अन्तर्गत रम्बी क्षेत्रमा भएको बताइएको छ। त्यसपछि उनीहरूसँग सम्पर्क हुन सकेको थिएन। जसपछि, बेपत्ता भएका परिवारको खोजतलास शुरु गरिएको थियो।खोज एवं उद्धार अभियानमा एनडीआरएफ, स्थानीय पुलिस तथा जिल्ला प्रशासन जुटेका थिए। खोजीको क्रममा शनिबार गाडीका केही अवशेषहरू फेला परेपछि बेपत्ता बनेको गाडी र परिवार टिस्टा नदीमा डुबेको आशंका व्यक्त गरिएको थियो। आइतबार बिहानदेखि शुरु गरिएको खोजी अभियान अवधि वाहन टिस्टा नदीमा फेला पर्यो र वाहनभित्र चारै जना मृत अवस्थामा भेटिए।मृतकहरूमा सब्या न्यौपाने, स्मारिका न्यौपाने, टिका माया दाहाल र पाँच वर्षीय दित्या छेत्री सामेल छन्। दुर्घटनाको वास्तविक कारण स्पष्ट हुन सकेको छैन। पुलिसले शवहरू पोस्टमार्टमको लागि पठाएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande