बजालीमा तीन शङ्कालु बङ्गलादेशी नागरिकलाई स्थानीयहरूले समाते
बजालीमा तीन शङ्कालु बङ्गलादेशी नागरिकलाई स्थानीयहरूले समाते


बजाली (असम), 07 जून (हि.स.)। असमको बजाली जिल्लामा तीन जना संदिग्ध बङ्गलादेशी नागरिकहरूलाई स्थानीय मानिसहरूले समातेर पलिसलाई सुम्पिदिए। यो घटना पाठशालाको वार्ड नम्बर-2 को छेउमा भएको हो।

पुलिसले आज बतायो, स्थानीय मानिसहरूलाई तीनै जना मानिसहरूको गतिविधिमाथि शङ्का लाग्यो, त्यसपछि उनीहरूलाई रोकेर जाँचबुझ गरियो। पछि मानिसहरूले उनीहरूलाई कब्जामा लिएर सम्बन्धित अधिकारीहरूलाई सूचित गरे।

स्थानीय स्तरमा भएको प्रारम्भिक जाँचबुझमा तीनै जनाले कथित रूपमा बताए, उनीहरू कामको खोजीमा आएका हुन्। उनीहरूले यो पनि दाबी गरे, रोजगारका लागि अन्य मानिसहरू पनि यसरी नै आउँछन्।

घटना बारे जानकारी पाएपछि पुलिसले मामिलाको जाँच शुरू गरेको छ। अधिकारीहरूद्वारा तीनै जनाको पहिचान, नागरिकता तथा भारतमा प्रवेशसित सम्बन्धित दस्तावेजहरूको सत्यापन गरिँदैछ। मामिलाको विस्तृत जाँच भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande