कोलकाताका तृणमूल पार्षदहरूको बैठक स्थगित, ममता ब्यानर्जीको दिल्ली भ्रमणको कारणले कार्यक्रममा फेरबदल
कोलकाताका तृणमूल पार्षदहरूको बैठक स्थगित, ममता ब्यानर्जीको दिल्ली भ्रमणको कारणले कार्यक्रममा फेरबदल


कोलकाता, 07 जून (हि.स.)। कोलकाताका सबै तृणमूल कङ्ग्रेस पार्षदहरूसित आइतवार प्रस्तावित महत्वपूर्ण बैठकलाई अब स्थगित गरिएको छ। तृणमूल कङ्ग्रेस सुप्रीमो एवं पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीको व्यस्तता औ दिल्ली भ्रमणको कारणले बैठकलाई रद्द गर्नुपऱ्यो। बैठक बाइपास क्षेत्रस्थित तृणमूल भवनमा साँझ 4 बजे प्रस्तावित थियो जसमा कोलकाता नगरनिगमसित सम्बन्धित सबै पार्षदहरू सामेल हुनेथिए।

पार्टी सूत्र अनुसार हालैमा कोलकाताको मेयर पदबाट फिरहाद हकिमले राजीनामा दिएपछि सृजित नगरनिगमको राजनीतिक स्थिति तथा नेतृत्वलाई लिएर चर्चा गर्नको लागि यो बैठक डाकिएको थियो। तर अन्तिम क्षणमा ममता ब्यानर्जी दिल्ली तर्फ प्रस्थान भएका कारण कार्यक्रममा फेरबदल गर्नुपऱ्यो।

सूत्रको भनाइ छ, ममता ब्यानर्जीको आइतवार नै दिल्ली जाने कार्यक्रम तय भएको छ जहाँ सोमवार हुन गइरहेको विपक्षी दलहरूको गठबन्धनको बैठकमा उनी उपस्थित हुने सम्भावना छ। त्यसै कारणले पार्षदहरूको बैठकमा उनी सामेल हुने सम्भावना नरहेको कारणले अन्ततः यसलाई स्थगित गरियो।

यस बैठकमा कोलकाता नगरनिगमको नयाँ राजनीतिक नेतृत्व तथा अग्रिम रणनीतिमाथि निर्णय लिइने सम्भावना थियो। विशेष गरी मेयरले राजीनामा दिएपछि बोर्डको भविष्य र प्रशासनिक ढाँचालाई लिएर स्थिति स्पष्ट गर्नुथियो। तर बैठक टऱ्योपछि हाल यस मुद्दामा निर्णय अड़्किएको छ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande