फिफा विश्व कप फुटबललाई स्वागत गर्न खरसाङमा ऱ्याली आयोजित
ऱ्यालीमा भाग लिइरहेका नानीहरू


खरसाङ, 07 जून (हि.स.)। पहाडकै एक प्रतिष्ठित खेलकूद संस्था खरसाङ महकुमा खेलकूद संघले आज २३औं फिफा विश्व कप फुटबल महाकुम्भको स्वागत गर्न खरसाङमा एक ऱ्यालीको आयोजना गरेको छ। उक्त ऱ्याली खरसाङको मोटर स्ट्याण्डदेखि शुरु भएर अस्पताल मोड़, वर्द्धवान रोड हुॅंदै पुनः मोटर स्ट्याण्डमा आएर समाप्त भयो।

उक्त ऱ्यालीमा खरसाङ वरिपरिका फुटबलसित सम्बन्धित क्लब, एकाडेमीका प्रतिनिधिहरुले उत्साहपूर्वक भाग लिएका थिए। यसैगरी, फुटबल प्रेमीहरुको पनि सहभागिता देखियो।खरसाङ क्षेत्रका खेल संस्थाहरु युकेएफसी, हिल फुटबल एकाडेमी, जेआर 32, ब्याडमिन्टन एसोसिएसन, एथलेटिक क्लब, मार्शल आर्ट अनि फिटनेस एकाडेमी, किक् बाक्सिङ एसोसिएशन, अभिनन्दन कराते संघ, खरसाङ गर्ल्स फुटबल क्लब, बडी बिल्डिङ एसोसिएशन, कोर इनेर्जी जिम लगायत अन्यहरु सहभागी बनेका थिए।

२३औं फिफा विश्व कप फुटबल आगामी १२ जूनदेखि तीनवटा देशहरु अमेरिका, क्यानाडा अनि मेक्सिकोमा शुरु भइरहेको छ। विश्व कपको प्रत्येक संस्करण झैँ यसपल्ट पनि खरसाङ महकुमा खेलकूद संघले फुटबल महाकुम्भलाई स्वागत गर्दै ऱ्यालीको आयोजना गरेको हो।

खरसाङ महकुमा खेलकूद संघका सचिव निर्मल गुरुङले आजको ऱ्यालीमा सहभागिता जनाउने सबैप्रति आभार व्यक्त गरेका छन्। यस ऱ्याली अवधि यस्तो पर्यटकको सिजनमा पनि ट्राफिक व्यवस्थापनका लागि खरसाङ ट्राफिक पुलिसप्रति पनि उनले आभार गरे।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande