नाम्ची जिल्लाले ‘सन्डे अन् साइकल’ पहलका साथ विश्व साइकल दिवस मनायो
विश्व साइकल दिवसमा सहभागी साइक्ल्स्टिहरू।


नाम्ची, 07 जून (हि.स.)। नाम्ची जिल्लाले आज भारतीय खेलकुद प्राधिकरण (एसएआई), एसटीसी नाम्चीद्वारा माई भारत र खेलकुद तथा युवा मामिला विभाग, नाम्चीको सहकार्यमा “सन्डे अन् साइकल” विषय अन्तर्गत उत्साहका साथ विश्व साइकल दिवस मनायो।

यस अवसरमा ठूलो संख्यामा अधिकारीहरू, विद्यार्थीहरू र साइकल चलाउन उत्साहीहरूको सहभागिता देखियो। र्‍याली अतिरिक्त, केटाहरूका लागि १०० मिटर स्प्रिन्ट, केटीहरूका लागि ६० मिटर स्प्रिन्ट, महिलाहरूका लागि वाकाथन र पासिङ-द-बल प्रतियोगिता आयोजना गरिएको थियो।

सभालाई सम्बोधन गर्दै एसटीसी नाम्चीका प्रभारी रुबेन प्रधानले सरल, सस्तो, भरपर्दो र पर्यावरणीय रूपमा दिगो यातायातको माध्यमको रूपमा साइकलको महत्त्वमाथि प्रकाश पारे। उनले साइकल चलाउनले धेरै शारीरिक स्वास्थ्य लाभहरू प्राप्त हुने बताउॅंदै सबै उमेर समूहका व्यक्तिहरूले यसको आनन्द लिन सक्ने बताए।

कार्यक्रममा सिक्किम युवा विकास बोर्डका अध्यक्ष बसन्त योन्जन तामाङ, कला, संस्कृति तथा सम्पदा विकास बोर्डका अध्यक्ष संजय दिलपाली राई आदि पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande