
कोलकाता , 08 जून (हि.स.)। पश्चिम बङ्गाल सरकारमा महिला एवं शिशु कल्याण तथा शहरी विकास मन्त्री अग्निमित्रा पालले आफ्नो उत्तर बङ्गाल दौडाह अन्तर्गत विभिन्न कार्यक्रमहरूमा भाग लिएपछि पत्रकारहरूसित बातचित गर्दै केही महत्वपूर्ण मुद्दाहरूमाथि आफ्नो प्रतिक्रिया व्यक्त गरिन्। उनले कानून-व्यवस्था, पर्यटन विकास, अतिक्रमण हटाउने कारबारी तथा दार्जिलिङको समग्र विकासलाई लिएर राज्य सरकारका योजनाहरू बारे जानकारी गराइन्। मन्त्री अग्निमित्रा पालले नेपाली भाषाका महान साहित्यकार एवं रामायणका नेपाली अनुवादक भानुभक्त आचार्यको प्रतिमामा माल्यार्पण गरी कार्यक्रमको शुरुआत गरिन्। त्यसपछि उनले सांसद राजू बिष्ट तथा अन्य जनप्रतिनिधि र अधिकारीहरूको साथमा विभिन्न विकासमूलक बैठकहरूमा भग लिइन्।उनले ह्याप्पी भ्यालीस्थित एकीकृत बाल विकास सेवा (आईसीडीएस) केन्द्रको पनि निरीक्षण गर्दै त्यहाँ उपलब्झ सुविधाहरूको जायजा लिइन्। पत्रकारहरूद्वारा राज्यको राजनीति तथा कानून व्यवस्थाको सन्दर्भमा सोधिएका प्रश्नहरूको कड़ा जवाफ दिँदै मन्त्रीले भनिन्, सत्ताको संरक्षणमा पछिल्लो 15 वर्षदेखिको जनतामाथि अत्याचार गर्दै आइरहेका मानिसहरूलाई कुनै पनि मूल्यमा छोड़िनेछैन।उनले भनिन्, यदि अपराधीहरूलाई चुनाउ नलड़्नु वा सार्वजनिक जीवनदेखि टाड़ा बस्नाले बच्न सकिन्छ भन्ने लाग्छ भने यस्तो हुनेवाला छैन। पश्चिम बङ्गालमा जुन मानिसहरूले वर्षौंदेखिको मानिसहरूलाई डर देखाएर, बन्दुक तेर्साएर भोट दिनदेखि रोके तथा अत्याचार गर्दै आएका छन्, तिनीहरू सबैलाई कानून अनुरूप सजाय दिइनेछ। अपराधीहरूलाई मात्र नभएर उनीहरूका संरक्षणदाताहरूलाई पनि जवाफदेही ठहराइनेछ।दार्जिलिङ त था यस वरपरका पर्यटन क्षेत्रहरूको विकासमाथि बोल्दै मन्त्री अग्निमित्रा पालले बताइन्, राज्य सरकारले दार्जिलिङ हिमाली क्षेत्रमा पाँच वटा नयाँ हिल सिटी विकसित गर्ने योजनामाथि काम गरिरहेको छ। उनले भनिन्, दार्जिलिङ र मिरिक जस्तो पर्यटन क्षेत्रमा सालभरि नै व्यापक मात्रामा पर्यटकहरू आउने गरेका कारण यातायात सहित आधारभूत सुविधाहरूको दबाव बढ़्दो छ।अतिक्रमण हटाउने मुद्दामा मन्त्रीले भनिन्, सरकार विकास अनि मानवीय संवेदनशीलताबीच सन्तुलन राखेर अगाड़ि बढ़्नेछ। उनले स्पष्ट पारिन्, अतिक्रमण हटाउने कारबाही गर्न आवश्यक छ, तर यस अवधि गरीब तथा रोजगारको निम्ति निर्भर मानिसहरूको हितलाई पूर्ण रूपमा ध्यान दिइनेछ।उनले भनिन्, मुख्यमन्त्रीले पनि स्पष्ट निर्देश दिएका छन् कि कुनै गरीबको पेट मार्नु हुँदैन। अतिक्रमणलाई हटाइनेछ, तर यो पनि सुनिश्चित गरिनेछ कि गरीब तथा परिश्रमी मानिहरूलाई अनावश्यक रूपमा नसताइयोस्।मन्त्रीको यस भ्रमणलाई दार्जिलिङ तथा उत्तर बङ्गालको विकास, पर्यटन विस्तार तथा प्रशासनिक व्यवस्थाहरूलाई मजबुत बनाुने दिशामा महत्वपूर्ण मानिंदैछ। स्थानीय जनप्रतिनिधि तथा प्रशासनिक अधिकारीहरूसित भएको बैठकमा क्षेत्रका विभिन्न समस्या अनि त्सको समाधानमाथि विस्तृत चर्चा गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा