
दार्जिलिङ, 08 जून (हि. स.)। पश्चिम बङ्गालकी महिला, बाल विकास एवं सामाजिक कल्याण मन्त्री अग्निमित्रा पाल सोमवार दार्जिलिङ तथा मिरिक भ्रमण गर्नका लागि यहाँ आइपुगेकी छन्। दार्जीलिङमा उनले सांसद राजू बिष्टसित विभिन्न क्षेत्रको भ्रमण गरी यहाँ भइरहेका विकास कार्यहरूको समीक्षा गरिन्।
यस अवधि मन्त्रीले विशेष गरी जल परियोजना, पिउने पानीको आपूर्ति व्यवस्था तथा अन्य नागरिक सुविधाहरूसित सम्बन्धित कार्य प्रगतिको जायजा लिइन्। यस अतिरिक्त दार्जिलिङमा निर्माणाधिन नयाँ झीलको पनि निरीक्षण गरिन् जहाँ जल संरक्षण व्यवस्थालाई विकसित गरिँदैछ।
मन्त्रीले भ्रमणावधि स्थानीय मानिसहरूसित बातचित पनि गरिन्। मानिसहरूले पिउने पानी सहित केही बुनियादी समस्याहरू उनी समक्ष राखे। मन्त्री अग्निमित्रा पालले समस्याहरूलाई ध्यानपूर्वक सुनेर चाँड़ै समाधान गर्ने आश्वासन दिइन्।
त्यसपछि उनी मिरिक गइन् जहाँ स्थानीय मानिसहरूलाई उनलाई स्वागत गरे। उनले त्यहाँको स्थितिको पनि निरीक्षण गर्दै विकास कार्यहरूमाथि अधिकारीहरूसित चर्चा गरिन्।
मन्त्री अग्निमित्रा पालले भनिन्, दार्जीलिङ पहाड़मा पिउने पानीको समस्यालाई चाँड़ै समाधान गर्नको लागि ठोस कदम उठाइँदैछ। उनले चेताउनी दिइन्, यस पहाड़ी क्षेत्रमा कतै पनि अवैध निर्माण वा अवैध बहुतले भवनहरू पाइयो भने त्यसलाई चिन्हित गरी नोटिस दिइनेछ। नियमहरूलाई पालन नगरिए कानूनी कारबाही गर्दै यस्तो निर्माणलाई ध्वस्त बनाइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा