अग्निमित्र पल र सांसद राजु विष्टले लुङथामस्थित आँगनवाडी केन्द्रको निरीक्षण गरे
अग्निमित्र पल दार्जिलिङमा


- आँगनवाडी केन्द्रहरूलाई सुधार गरी आधुनिक सुविधासम्पन्न बनाइने

दार्जिलिङ, 08 जून (हि.स.)। पश्चिम बंगालकी मन्त्री अग्निमित्र पल आफ्नो दुई दिने दार्जिलिङ भ्रमणको क्रममा आज लुङथामस्थित आँगनवाडी केन्द्रको निरीक्षणमा पुगिन्। उनको साथमा सांसद राजु विष्ट लगायत अन्य जनप्रतिनिधिहरू पनि उपस्थित थिए।

यस अवसरमा पत्रकारहरूसँग कुरा गर्दै सांसद विष्टले मुख्यमन्त्री शुभेन्दु अधिकारीले दार्जिलिङ, तराई अनि डुवर्सलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै सरकार गठन भएको एक महिनाभित्रै पहाडलाई लिएर सकारात्मक घोषणाहरू भएको बताए। उनले हिजो मात्र सरकारले दार्जिलिङ, खरसाङ, कालेबुङ र सिलगढीलाई “हिमालयन सिटी” बनाउने घोषणा गरेको जानकारी दिँदै यसलाई ठूलो उपलब्धि बताए। साथै, स्थायी राजनीतिक समस्याको समाधानका लागि दार्जिलिङमा इन्टरलोक्युटर आएको र सबै पक्षसँग भेटघाट गर्दै काम भइरहेको पनि सांसद विष्टले बताए।

दार्जिलिङको नगरपालिका अध्यक्षले हिजो मन्त्री पलसँग भेट गरेको उल्लेख गर्दै अहिलेको बोर्डको कार्यकाल रहँदासम्म सरकारले सहयोग गर्ने उनले बताए।

त्यसैगरी सांसद विष्टले मुख्यमन्त्री शुभेन्दु अधिकारीको मार्गदर्शन तथा अग्निमित्र पलको नेतृत्वमा आँगनवाडी केन्द्रहरूलाई सुधार गरी आधुनिक सुविधासम्पन्न बनाइने र बालबालिका तथा नयाँ अभिभावकहरूको समग्र विकास केन्द्रका रूपमा रूपान्तरण गरिने योजना रहेको बताए।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande