बीरभूमका पुलिस अधीक्षकको स्थानान्तरण, विदित राज भुँदेस भए नयाँ एसपी
बीरभूमका पुलिस अधीक्षकको स्थानान्तरण, विदित राज भुँदेस भए नयाँ एसपी


बीरभूम, 08 जून (हि.स.)। राज्य सरकारले सोमवार पुलिस विभागमा व्यापक स्तरमा फेरबदल गर्दै बीरभूम पुलिस अधीक्षक (एसपी)- सूर्य प्रताप यादवलाई स्थानान्तरण गरिदियो। यस सम्बन्धमा राज्य सरकारद्वारा अधिसूचना जारी गरिएको छ।

जारी आदेश अनुसार कोलकाता पुलिसका डिप्टी कमिश्नर (डिटेक्टिभ डिपार्टमेन्ट स्पेशल)- को पदमा कार्यरत आईपीएस अधिकारी विदित राज भुँदेशलाई बीरभूमको नयाँ पुलिस अधीक्षक नियुक्त गरिएको छ भने वर्तमान एसपी सूर्या प्रताप यादवलाई कोलकाता ट्राफिक पुलिसमा जोइन्ट पुलिस कमिश्नरको जिम्मेवारी सुम्पिइएको छ।

उल्लेखनीय छ, सूर्या प्रताप यादवले विधानसभा चुनाउपूर्व बीरभूमका पुलिस अधीक्षकको पदभार ग्रहण गरेका थिए। उनको कार्यकालमा केही महत्वपूर्ण कानून व्यवस्था सम्बन्धि चुनौतीहरूको सामना जिल्लामा गरियो।

राज्य सरकारको आदेशमा जिल्लाका अन्य पुलिस अधिकारीहरूलाई पनि फेरबदल गर्ने घोषणा गरिएको छ। बीरभूमका अतिरिक्त पुलिस अधीक्षक (मुख्यालय) राहुल मिश्राको स्थानमा आईपीएस अधिकारी गायकवाड़ निलेश श्रीकान्तलाई नियुक्त गरिएको छ। बोलपुरका एसडीपीओ रिकी अग्रवालको स्थानमा अर्पित आर. पारिखलाई नयाँ एसडीपीओ बनाइएको छ भने रामपुरहाटका एसडीपीओ गोविन्द सिकदारको स्थानमा आईपीएस अधिकारी मुकुरी प्रिन्स कमल तेजालाई नियुक्त गरिएको छ।

पुलिस प्रशासनमा गरिएको यो फेरबदललाई आगामी समयमा जिल्लाको कानून व्यवस्था तथा प्रशासनिक कार्यप्रणालीलाई अझ बढ़ी सुदृढ़ बनाउने दिशामा महत्वपूर्ण कदम मानिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande