भुजेल समाज घुम्ती, महानदी, गिद्धपहाड शाखाको वार्षिक साधारण सभा सम्पन्न
भुजेल समाजको बैठक


खरसाङ, 08 जून (हि.स.)। भुजेल समाज घुम्ती, महानदी, गिद्धपहाड शाखाको वार्षिक साधारण सभा समाजका अध्यक्ष महेन्द्र भुजेलको अध्यक्षतामा आज भुजेल समाज भवन घुम्ती चिया बगानमा सम्पन्न भयो। सभाको मुख्य उद्देश्य समाजको पुरानो कमिटीलाई विघटन गरी नयाँ कार्यकारिणी सदस्यहरूको चयन गर्नु रहेको थियो।

सभामा समाजका अध्यक्ष साथै भुजेल कल्याण संगठन पश्चिम बंगालका सदस्य महेन्द्र भुजेल अनि कोषाध्यक्ष श्यामकुमार खवासले आजसम्म केन्द्रिय समितिद्वारा गरिएका विभिन्न कार्यहरूको विवरण उपस्थित सदस्यहरूमाझ प्रस्तुत गरे। सभामा पुरानो कमिटीलाई विघटन गरी सर्वसमितीद्वारा नयाँ कमिटी चयन गरियो। चयन भएका प्रतिनिधिहरू क्रमैले सभापति महेन्द्र भुजेल, उप सभापति कर्णबहादुर भुजेल, सचिव श्यामकुमार खवास, सह सचिव निलेश खवास, कोषध्यक्ष प्रमेश भुजेल, सह कोषाध्यक्ष अर्जुन भुजेल, सल्लाहकारहरु अनि 10 जना कार्यकारिणी सदस्यहरू चयन गरिएका छन्।

सभामा उपस्थित सबै सदस्यहरुले सभापतिको निर्देश अनुसार समाजलाई अगाडि बढाएर लैजानका लागि आ-आफ्नो विचार प्रकट गरेका थिए। सेनाको अग्निवीरमा चयन भएकोमा अंगत खवासलाई खदा लगाइदिएर सम्मान गरियो भने उनको उज्ज्वल भविष्यको निम्ति शुभकामना व्यक्त गरियो।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande