
इटानगर, 08 जून (हि.स.)। अरुणाचल प्रदेश धार्मिक स्वतन्त्रता अधिनियम (एपीएफआरए), 1978- को मसौदा नियमहरूमाथि गठित उच्चाधिकार समितिले आफ्ना अध्यक्ष न्यायमूर्ति (सेवानिवृत्त) ब्रोजेन्द्र प्रसाद कटाकेको नेतृत्वमा अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुलाई आफ्नो रिपोर्ट आधिकारिक रूपमा सुम्पिएको छ।
मुख्यमन्त्री खाण्डुले समितिका सबै सदस्यहरूको अथक परिश्रम, प्रतिबद्धता औ समर्पणको सराहना गर्दै मन्त्री मामा नाटुङ्ग, मन्त्री बालो राजा औ मन्त्री केन्टो जिनीलाई यस सम्पूर्ण प्रक्रियामा नेतृत्व गरेकोमा आफ्नो बहुमूल्य योगदान दिएकोमा विशेष धन्यवाद दिए।
यसैबीच अरुणाचल प्रदेशको स्वदेशी आस्था औ सांस्कृतिक संस्था (आईएफसीएसएपी)- ले राज्य सरकारसित आग्रह गरेको छ, उच्चाधिकार समितिको रिपोर्ट सरकारलाई सुम्पिइएपछि अरुणाचल प्रदेश धार्मिक स्वतन्त्रता अधिनियम, 1978 (एपीएफआरए) अन्तर्गत नियमहरूलाई शीघ्र अधिसूचित गरियोस्।
आईएफसीएसएपीले एक बयान जारी पुष्टि गऱ्यो, एपीएफआरए अन्तर्गत नियमहरू निर्माण गर्ने र त्यसलाई क्रियान्वयन गर्ने सम्बन्धि समितिको रिपोर्ट अरूणाचल प्रदेस सरकारलाी आधिकारिक रूपमा सुम्पिइएको छ। सङ्गठनले राज्य सरकार तथा समिति दुवैको व्यापक परामर्श प्रक्रियाको लागि सराहना गरे जसमा हितधारकहरूसित परामर्श गरिएको थियो। सङ्गठनले यसलाई लोकतान्त्रिक, पारदर्शी औ सहभागी प्रक्रिया बतायो।
सङ्गठनले भन्यो, परामर्श प्रक्रिया पूरा भएपछि सरकारबाट अपेक्षा गरिन्छ कि उसले सिफारिसहरूको जाँच गरोस् अनि कानूनी एवं संवैधानिक दायित्वहरू अनुरूप उचित समय सीमाभित्र नियमहरूलाई अधिसूचित गरोस्। सङ्गठनले अधिकारीहरूसित गौहाटी उच्च न्यायालयको निर्देशको अनुपालनलाई सुनिश्चित गर्दै शीघ्र कारबाही गर्ने आग्रह गऱ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा