
पश्चिम बर्दवान, 08 जून (हि.स.)। आसनसोल डिबुडीह चेकपोस्टको छेउमा विवाहको निम्तो पत्र बाँड़्न हिँड़ेका पिता-पुत्रको खुशी त्यसबेला शोकमा परिणत भयो जतिबेला डिबुडीह ब्रिजमा उनीहरूको बाइक एक भयानक सड़क दुर्घटनाको शिकार भयो। यस घटनामा पिता-पुत्र दुवै नै गम्भीर रूपमा घाइते भए।
प्राप्त जानकारी अनुसार पश्चिम बङ्गालको पाण्डेश्वर थाना अन्तर्गत मदारवणी निवासी 50 वर्षीय राजेन्द्र बिन आफ्नो छोरासित बाइकमा सवार भएर धनबाद तर्फ विवाहको कार्ड दिन गइरहेका थिए। यसै क्रममा मैथन ओपी क्षेत्रको डिबुडीह ब्रिजमा पुगेपछि झारखण्ड तिरबाट कथित रूपमा रङ्ग साइडमा आइरहेको अटो (जेएच 10 एपी 2527)-ले उनीहरूको बाइकलाई अगाड़िबाटै भयानक ठक्कर दियो।
प्रत्यक्षदर्शीहरू अनुसार अवैध काँचो कोइला लादिएको उक्त अटो द्रूत गतिमा पश्चिम बङ्गाल तर्फ गइरहेको थियो। यस भयानक ठक्करमा राजेन्द्र बिनको घटनास्थलमै मृत्यु भयो भने उनका छोरा गम्भीर रूपमा घाइते भएर सड़कमा मुर्छित परे।
दुर्घटनापछि अटो चालक वाहन छोड़ेर घटनास्थलबाट भाग्यो। सूचना पाउनसाथ मैथन पुलिस घटनास्थलमा पुग्यो अनि घाइते युवकलाई उपचारको लागि शहीद निर्मल महतो मेडिकल कलेज एण्ड हस्पिटल (एसएनएमएमसीएच), धनबादमा पठाइदियो। पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ भने अर्कोतिर मामिलाको जाँच शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा