दार्जिलिङ-बालासन जल परियोजनामा कार्यरत् कर्मचारीहरूले मन्त्री पल समक्ष राखिन् स्थायीकरणको माग
परियोजनामा कार्यरत कर्मचारीहरू


सोनादा, 08 जून (हि.स.)। 'दार्जिलिङ-बालासन जल परियोजना अन्तर्गत कार्यरत् कर्मचारीहरूले दार्जिलिङ भ्रमणमा आएकी पश्चिम बङ्गालकी क्याबिनेट मन्त्री अग्निमित्र पलसँग भेट गरेर कर्मचारीहरुको दीर्घदिनदेखिको स्थायीकरणको माग राखेका छन्। मन्त्रीले यथाशीघ्र समस्याको समाधान गर्ने अश्वासन दिएको जानकारी प्राप्त भएको छ।

मन्त्रीसँगै भ्रमणमा रहेका दार्जिलिङका सांसद राजु विष्ट, दार्जिलिङ विधानसभाका विधायक नोमन राई, खरसाङ विधानसभा क्षेत्रका विधायक सोनाम लामा अनि उत्तर बङ्गाल पीएचई विभाग प्रमुख समक्ष आफ्ना कुराहरु राख्दै स्मरण पत्र चडाएको दार्जिलिङ बालासन जल परियोजना अध्यक्ष बबिन सुब्बाले जानकारी गराएका छन्।

यस भेटको क्रममा कर्मचारीहरूको पक्षबाट मूल सचिव सचिन राई, सह सचिव निकिल राई ,कोषाध्यक्ष बिमल प्रधान, कार्यकारिणी सदस्यहरु मृगेन तामाङ, भुपेन राई, सचिन तामाङ, वाङ्चु भोटिया उपस्थित रहेका थिए।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande