सिलगढ़ीमा विरोध प्रदर्शन गर्दा डाक्टरमाथि कुटपिट, आरोपी हिरासतमा
सिलगढ़ीमा विरोध प्रदर्शन गर्दा डाक्टरमाथि कुटपिट, आरोपी हिरासतमा


सिलगढ़ी, 08 जून (हि. स.)। शहरमा एउटा आश्चर्यचकित घटना घटेको छ जहाँ गल दिशाबाट आइरहेको वाहनको विरोध गर्दा एकजना सरकारी पशु चिकित्सकमाथि कुटपिट गरियो। घटना सोमवार बिहान शक्तिगढ़ थाना अन्तर्गत वार्ड नम्बर तीनको बर्धमान रोडमा भएको हो।

जानकारी अनुसार सरकारी भेटरनरी अस्पतालमा कार्यरत डाक्टर सौरभकान्ति शर्माले गलत ढङ्गमा वाहन चलाइरहेको युवकको विरोध गरे। विरोध गर्दा युवकले आफ्ना साथीहरूलाई बोलाएर डाक्टरलाई ज्यानमारा धम्की दिएको आरोपछ।

भनिन्छ, आरोपीहरूले फलामको रडले हमला गरे जसले गर्दा डाक्टरको हात र ओंठमा चोट लाग्यो। घटनाको सूचना पाएर न्यू जलपाईगुड़ी थानाको पुलिस औ केन्द्रिय बल घटनास्थलमा पुग्यो। पछि पुलिसले आक्रमणकारी आरोपीहरूलाई हिरासतमा लियो। घटनापछि घाइते डाक्टरले थानामा लिखित सिकायत दर्ता गराएका छन्। पुलिस मामिलाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande