विधानसभामा फिरहाद हकिमले ऋतब्रतसित भेट गरे, राजनीतिक अड़्कल तीव्र
विधानसभामा फिरहाद हकिमले ऋतब्रतसित भेट गरे, राजनीतिक अड़्कल तीव्र


कोलकाता, 08 जून (हि.स.)। पश्चिम बङ्गालको राजनीतिमा सोमवार त्यसबेला नयाँ अड़्कलहरूले जन्म लिए जतिबेला कोलकाताका मेयर पिरहाद हकिमलाई विधानसभा परिसरमा विपक्षका नेता ऋतब्रत ब्यानर्जीको कक्षमा जाँदै गरेको देखियो। यस घटनापछि राजनीतिक जगतमा विभिन्न प्रकारका चर्चाहरू शुरू भएका छन्।

सूत्र अनुसार फिरहाद हकिमसित निलम्बित तृणमूल कङ्ग्रेसका विधायक सन्दीपन साहा पनि उपस्थित थिए। यी दुई नेताहरूलाई विपक्षी नेताको कक्षमा जाँदै गरेको देखिएपछि राजनीतिक गल्लीहरूमा विभिन्न प्रश्नहरू उठिरहेका छन्। विशेष गरी यस्तो समयमा जतिबेला तृणमूल कङ्ग्रेसभित्र अनि दिल्लीको राजनीतिमा लगातार उथुल-पुथुल भइरहेको छ।

दिनको शुरुआतमै दिल्लीमा राजनीतिक घटनाक्रम तीव्र भएको थियो जतिबेला तृणमूल कङ्ग्रेसका वरिष्ठ नेता तथा राज्यसभा सांसद सुखेन्दु शेखर रायले पार्टी तथा उच्च सदनको सदस्यताबाट राजीनामा दिए। यसको साथै लोकसभाका केही सांसदहरूद्वारा कथित रूपमा एनडीए खेमामा सामेल भएको सम्बन्धमा पत्र दिइएको चर्चा पनि भइरहेको छ। तथापि यस कुराको आधिकारिक पुष्टि भएको छैन।

यता पूर्व मुख्यमन्त्री ममता ब्यानर्जी दिल्लीमा आयोजित विपक्षी गठबन्धनको बैठकमा सामेल भएकी छन् जसबाट पार्टीभित्र तथा बाहिर राजनीतिक समीकरणलाई लिएर भिन्न-भिन्न सङ्केत प्राप्त भइरहेको छ।

विधानसभामा फिरहाद हकिम कालो शिशा भएको वाहनमा आए। उनलाई मीडियाका प्रश्नहरूको जवाफ दिनदेखि बचेको पनि देखियो। हालैमा कोलकाता नगरनिगमको मेयर पदबाट राजीनामा दिएदेखि उनको राजनीतिक भविष्यलाई लिएर पनि अड़्कलहरू लगाइरहेको छ।

हाल तृणमूल कङ्ग्रेसको पक्षबाट यस सम्पूर्ण घटनाक्रमलाई लिएर कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande