
कोलकाता, 08 जून (हि.स.)। पश्चिम बङ्गालको जादवपुर रेलवे स्टेशन परिसरमा रेलवेद्वारा स़ञ्चालित अतिक्रमण हटाऔं अभियानको मामिला अब अदालतमा पुगिसकेको छ। यस अभियानको विरोधमा हकर्सले सोमवार कलकत्ता उच्च न्यायालयको ढोका ढक्ढकाएका छन्। हकर्सका वकिलले न्यायमूर्ति हिरण्मय भट्टाचार्यको ध्यान यस तर्फ आकर्षित गर्दै मामिला दर्ता गर्ने अनुमति मागे जसलाई अदालतले स्वीकार गऱ्यो। ममिलाको गम्भीरतालाई मध्यनजर गर्दै मङ्गलवार यसमाथि सुनवाई हुने सम्भावना छ।
उल्लेखनीय छ, रेलवेले यसअघि दमदम र सियालदह स्टेशनका वरपर व्यापक रूपमा अतिक्रमण विरोदी अभियान चलाइसकेको छ। दमदममा रेलवेको जमीनमा अवैध रूपमा निर्मित पसलहरूलाई बुलडोजरले भत्काइएको थियो। यसैक्रममा गए आइतवार मध्यरात्रि भरी पुलिस बल तथा केन्द्रिय सुरक्षा बलहरूको उपस्थितिमा जादवपुरमा पनि कारबाही गरियो। यहाँ रेलवेको जमीनमा निर्मित हकर्सका स्टल, पसल तथा अवैध निर्माण पूर्ण रूपले भत्काइयो।
यस अतिक्रमण हटाऔं अभियान अवधि जादवपुर स्टेशन परिसरको स्थिति अत्यन्त तनाउपूर्ण भयो। स्थानीय पसले तथा हकर्सको समर्थनमा माकपा र कङ्ग्रेस जस्ता राजनीतिक दलका कार्यकर्ताहरू पनि सड़कमा उत्रिए।
बुलडोजर अगाड़ि उभिएर विरोध प्रदर्शन गर्ने तथा सरकारी काममा बाधा दिएको आरोपमा पुलिसले वामपन्थी छात्र नेता सृजन भट्टाचार्य सहित केही कार्यकर्ताहरूलाई हिरासतमा लियो। यस अवधि प्रदर्शनकारीहरूलाई हटाउनको लागि पुलिसलाई लट्ठीचार्ज गर्नुपऱ्यो जसमा वाम-कङ्ग्रेस गठबन्धनका केही कार्यकर्ताहरू सहित न्यूनतम 15 जना मानिसहरू घाइते भएका छन्।
हाल क्षेत्रमा भारी पुलिस बललाई तैनाथ गरिएको छ भने तनाउलाई ध्यानमा राखेर सुरक्षा एजेन्सी अलर्टमा बसेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा