जादवपुरमा चल्यो बुलडोजर एवं पुलिस लट्ठीचार्जमा केही घाइते, माकपा नेता सृजन भट्टाचार्य हिरासतमा
जादवपुरमा चल्यो बुलडोजर एवं पुलिस लट्ठीचार्जमा केही घाइते, माकपा नेता सृजन भट्टाचार्य हिरासतमा


कोलकाता, 08 जून (हि. स.)। जादवपुर क्षेत्रमा गए आइतवार राती अतिक्रमण हटाउने कारबाही भइरहेको बेला अचानक कानून-व्यवस्थाको स्थिति बिग्रियो। जादवपुर रेलवे स्टेशनको छेउमा 212 बस स्ट्याण्ड छेउमा कथित अवैध कब्जालाई हटाउन पुगेको बलडोजरको स्थानीय मानिसहरू तथा राजनीतिक कार्यकर्ताहरूको कड़ा विरोध गरे। यस अवधि पुलिस तथा प्रदर्शनकारीहरूबीच भएको हिंसक झड़पलाई नियन्त्रण गर्नको लागि पुलिसलाई लट्ठीचार्ज गर्नु पऱ्यो जसमा केही मानिसहरू घाइते भएका छन्।

गए आइतवार साँझदेखि जादवपुर स्टेशन तथा वरिपरीको परिसरमा ठूलो सङ्ख्यामा राज्य पुलिस, रेलवे पुलिस (जीआरपी) औ केन्द्रिय बलहरूलाई तैनाथ गरिएको थियो। घटनास्थलमा बुलडोजर पुग्नसाथ स्थानीय पसले (हकर्स) लगायत वामपन्थी र कङ्ग्रेस समर्थित सङ्गठनका कार्यकर्ताहरू ठूलो सङ्ख्यामा विरोध प्रदर्शन गर्नका लागि सड़कमा उत्रिए।

राती रेलवे प्रशासन तथा सुरक्षा बलहरूले अस्थायी पसल तथा अवैध ढाँचाहरूलाई भत्काउन शुरू गर्दा प्रदर्शन उग्र भयो। प्रदर्शनकारीहरूको आरोप छ, प्रशासनले पुनर्वास नीति बिनै तथा अदालतको दिशानिर्देशहरूलाई अदेखा गर्दै यो कारबाही गरिरहेको छ। तनाउ बढ़ेर यहाँसम्म पुग्यो कि केही प्रदर्शनकारीहरू बुलडोजर अगाड़ि नै तेर्सिए साथै मशिनमाथि चढ़ेर नाराबाजी गर्न थाले।

बढ़्दो तनाउ तथा सुरक्षा घेरा भत्किएको देखेर पुलिसले स्थितिमलाई नियन्त्रण गर्नको लागि बल प्रयोग (लट्ठीचार्ज) गऱ्यो। यस लट्ठीचार्जमा केही आन्दोलनकारीहरूलाई गम्भीर चोट लागेको छ। घाइतेहरूमा प्रसिद्ध नाट्यकर्मी जयराज भट्टाचार्य पनि सामेल छन् जसको शिरमा गम्भीर चोट लागेको कारणले उनलाई नजिकैको अस्पतालमा भर्ती गरिएको छ।

कारबाहीको विरोध गरिरहेका भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)- का युवा नेता सृजन भट्टाचार्यलाई पुलिसले केही अन्य समर्थकहरू सहित हिरासतमा लियो।

पुलिस वाहनमा बसाउँदा सृजन भट्टाचार्यले मीडिया समक्ष भने, प्रशासनको यो कारबाही पूर्ण रूपले अवैध छ। कुनै वैकल्पिक व्यवस्था तथा कानूनी प्रक्रियालाई पालन नगरी गरीबहरूको रोजगारको साधनमाथि बुलडोजर चलाइँदैछ जुन न्यायालका आदेशहरूको उल्लङ्घन हो।

यस अतिक्रमण रोधी अभियानको विरोधमा भएको आन्दोलनमा समाजका विभिन्न वर्गहरूको समर्थन देखियो। घटनास्थलमा माकपा नेता अतिरिक्त प्रसिद्ध अभिनेत्री ऊषसी चक्रवर्ती औ कङ्ग्रेस नेता सौरभ प्रसाद सहित केही अन्य मानिसहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande