
नयाँ दिल्ली, 08 जून (हि.स.)। दिल्लीका उपराज्यपाल तरनजीत सिंह सन्धूले सोमवार मुख्यमन्त्री रेखा गुप्ताको साथमा दिल्ली आपदा प्रबन्धन प्राधिकरण (डीडीएमए)- को बैठकको अध्यक्षता गरे।
यस बैठकमा दिल्लीका विभिन्न विकास पहल, शासन प्राथमिकता तथा जन कल्याणसित सम्बन्धित मामिलाहरूमाथि चर्चा गरियो। साथै बैठकमा गर्मीसित सम्बन्धित आपदा प्रबन्धन उपाय अनि मनसुनका तयारीहरूको पनि समीक्षा गरियो।
उपराज्यपाल तरनजीत सिंह सन्धूले बैठकमा यस कुरामाथि बल दिए, जहाँ दिल्लीका आपदा सम्बन्धि कमजोरीहरूले महत्वपूर्ण चुनौतीहरू पेश गर्छ, त्यहाँ यी तयारीहरूलाई मजबुत बनाउन तथा प्रतिक्रिया प्रणालीहरूमा सुधार ल्याउने अवसर पनि प्रदान गर्छ। उनले भने, प्रवर्तन कारबाहीहरू सर्वसाधारण मानिसहरूको लागि उत्पीड़नको कारण बन्नु हुँदैन।
उपराज्यपालले बताए, अवैध भवनहरूविरूद्ध भइरहेको अभियान, अग्नि सुरक्षाको सम्बन्धमा लाइसेन्सको दुरूपयोग तथा भविष्यका तयारीहरूको व्यापक समीक्षा गरियो। बैठकमा अग्निशमन विभागको कार्यबललाई मजबुत बनाउनको लागि वर्तमान रिक्तताहरूलाई सम्बोधन गर्नको लागि पूर्व अग्निवीरहरूको सहभागिताको बारेमा जाँच गर्ने सुझाउदिइयो। उनले बताए, पछिल्लो साता गठित अधिकारीहरूको टीमलाई आफ्नो कारबाहीको रिपोर्ट (एटीआर) समयमै प्रस्तुत गर्ने निर्देश दिइयो।
बैठकमा प्रदेश गृह मन्त्री आशिष सूद, पीडब्ल्यूडी मन्त्री प्रवेश वर्मा लगायत अन्य मन्त्री तथा अधिकारीहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा