
जलपाईगुड़ी, 8 जून (हि.स.)। उत्तर बङ्गालको मेटेली क्षेत्रमा एउटा पीड़ादायी घटना घटेको छ जहाँ दिउँसै चिया बगानमा काम गरिरहेका एकजना श्रमिकको जङ्गली हात्तीको हमलामा परी मृत्यु भयो। यो घटना सोमवार बिहान माटियाली ब्लकको नागेश्वरी चिया बगानमा भएको हो। मृतकको पहिचान दीपक ग्वाला (40)- को रूपमा भएको छ।
जानकारी मुताविक बिहान एउटा जङ्गली हात्ती पहिला जुरन्ती चिया बगानभित्र पस्यो, त्यसपछि नागेश्वरी चिया बगानको 19 नम्बर बी सेक्शनमा पुग्यो। त्यहीँ काम गरिरहेका दीपकमाथि हात्तीले अचानक हमला गऱ्यो जसले गर्दा उनको घटनास्थलमै मृत्यु भयो। घटनापछि हात्ती आइबिल चिया बगान तिर गयो।
घटनाको सूचना पाउनसाथ मेटेली थानाको पुलिस, वन विभागको खुनिया स्क्वाडको टीम तथा केन्द्रिय बल घटनास्थलमा पुग्यो। पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। स्थानीय मानिसहरूमा यस घटनापछि सन्त्राष फैलिएको छ।
वन विभागले बतायो, हात्तीको गतिविधिमाथि नजर राखिँदैछ। यसबीच भारतीय जनता पार्टीका स्थानीय नेता अमित छेत्री पनि घटनास्थलमा पुगे। उनले मृतक परिवारलाई हरसम्भव सहयोग गर्ने अनि सकारी क्षतिपूरण दिलाउने आश्वासन दिएकाछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा