असमका नवनियुक्त मन्त्रीहरूले आज पाउनेछन् विभागीय दायित्व
असमका नवनियुक्त मन्त्रीहरूले आज पाउनेछन् विभागीय दायित्व


गुवाहाटी, 08 जून, (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भनेका छन्, मन्त्रीमण्डल विस्तार अन्तर्गत सामेल गरिएका 12 जना नयाँ मन्त्रीहरूलाई सोमवार विभाग आवन्टन गरिनेछ। विभागहरूको घोषणासँगै मन्त्रीहरूको प्रशासनिक जिम्मेवारी स्पष्ट हुनेछ।

उल्लेखनीय छ, गत 05 जूनका दिन गुवाहाटी स्थित ज्योति-बिष्णु अन्तर्राष्ट्रिय सभागृहमा आयोजित समारोहमा राज्यपाल लक्ष्मण प्रसाद आचार्यले 12 जना विधायकहरूलाई मन्त्री पद एवं गोपनीयताको शपथ दिलाएका थिए। नवनियुक्त मन्त्रीहरूमा क्रमैले अश्विनी राय सरकार, अशोक सिङ्घल, बिमल बोरा, बिस्वजीत दैमारी, जयन्त मल्ल बरुवा, कौशिक राय, केशव महन्त, कृष्णेन्दु पाल, नीलिमा देवी, पियूष हजारिका, डा. रणोज पेगू औ सुशान्त बरगोहाईं सामेल छन्। यिनीहरूमध्ये 11 जना मन्त्री भारतीय जनता पार्टी (भाजपा)-बाट छन् भने केशव महन्तले असम गण परिषद (अगप)-बाट प्रतिनिधित्व गर्नेछन्। नीलिमा देवी मन्त्रीमण्डलमा सामेल एकमात्र महिला मन्त्री हुन्।

मन्त्रीमण्डलको विस्तार पश्चात असम मन्त्रीपरिषदको मोठ सङ्ख्या बढ़ेर 17 पुगेको छ। संवैधानिक प्रावधान अनुसार राज्यमा अधिकतम 19 जना मन्त्री हुनसक्छ जसानुसार अहिले पनि दुई वटा पद रिक्त छ।

राजनीतिक जगतमा विभागहरूको आवन्टनलाई लिएर उत्सुकता कायम छ। भनिन्छ, विभागहरूको घोषणापछि राज्य सरकारको प्रशासनिक ढाँचा अझ सशक्त बन्नेछ तथा विभिन्न विभागहरूको कार्यप्रणालीमा तीव्रता आउनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande