भवानीपुरमा पुलिसको अभियान, 4 किलो गाँजा जफत
भवानीपुरमा पुलिसको अभियान, 4 किलो गाँजा जफत


बजाली (असम), 08 जून (हि.स.)। बजाली जिल्लाको भवानीपुर क्षेत्रमा पुलिसले अभियान सञ्चालन गरी चार किलोग्राम गाँजा जफत गरेको छ। यस मामिलामा गाँजा व्यापारी बाबुल सोनारीलाई पक्राउ गरिएको छ।

पुलिसले सोमवार बतायो, भवानीपुरको पूर्वहाटी क्षेत्रमा गरिएको छापामारीमा बाबुल सोनारीको घरबाट उक्त गाँजा जफत गरियो। प्रारम्भिक जाँचमा थाहा लागे अनुसार आरोपीले पछिल्लो लामो समयदेखिकै आफ्नो घरबाट गाँजाको अवैध व्यापार गर्दै आइरहेको थियो।

पुलिस अनुसार बाबुल सोनारीलाई यसअघि पनि यस्तै आरोपमा पक्राउ गरिसकिएको छ। तथापि उसले यो कारबार गर्न छोड़ेन।

अभियानको क्रममा पुलिसले उसको घरबाट फेरि चार किलोग्राम गाँजा जफत गऱ्यो। मामिलाको जाँच जारी छ तथा पुलिसले यस अवैध व्यापारसित सम्बन्धित अन्य पक्षहरूको पनि जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande