
पश्चिम बर्दवान, 08 जून (हि. स.)। राज्यमा सत्ता परिवर्तन भएपछि अवैध गतिविधि विरोधी अभियानलाई पुलिसले तीव्रता दिएको छ। प्रसासनको नजरदेखि बचेर सरकारी अनुमति बिनै चलाइरहेको अवैध ढुङ्गा खदानहरूविरूद्ध कारबाही गर्दै सालानपुर थानाको रूपनारायणपुर फाड़ी पुलिसले चार जना मानिसहरूलाई पक्राउ गरेको छ। यी आरोपीहरूमा रञ्जीत सिंह, विषम राय, मधुसूदन मण्डल र राकेश कुमार सिंह उपनाम योगिन्दर सिंहको रूपमा भएको छ। सबै आरोपीहरू सालानपुर ब्लकको निवासी रहेको बताइएको छ। पक्राउपछि सबैलाई सोमवार आसनसोल अदालतमा पेश गरियो।पुलिस सूत्र अनुसार गुप्त सूचनाको आधारमा आइतवार रूपनारायणपुर चौकीको पुलिसले सालनपुर ब्लकका विभिन्न क्षेत्रहरूमा अचानक छापामारी गऱ्यो। यस अवधि चार जना मानिहरूलाई पक्राउ गरियो। यस मामिलामा एकजना आरोपी मिहिर घोष अहिले पनि भागेको छ जसलाई खोज्नको लागि पुलिसले लगातार छापामारी गरिरहेको छ।स्थानीय सूत्र मुताविक आरोपीहरूले जामतपुर-उत्तरामपुर पञ्चायत अधिनस्थ विभिन्न क्षेत्रहरूमा अवैध ढुङ्गा खदानहरू सञ्चालन गरेको जनकारी प्राप्त भएको छ। कुनैसरकारी अनुमति बिनै तथा नियमहरू पालन गरी यी खदानहरूलाई सञ्चालन गरिरहेको आरोप छ। यसबाट सरकारलाई राजस्वको नोक्सान हुनको साछै पर्यावरणमाथि पनि प्रतिकूल प्रभाव परिरहेको थियो जसलाई लिएर स्थानीय स्तरमा पछिल्लो लामो समयदेखिको प्रश्न उठिरहेको थियो।पुलिस सूत्र अनुसार मामिलाको गहराई पूर्वक जाँच गर्न तथा यस अवैध व्यापारसित जोड़िएका मानिसहरूलाई चिन्हित गर्नका लागि पक्रा परेका आरोपीहरूलाई सात दिनको पुलिस हिरासतमा राख्ने माग अदालतमा गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा