
तीनधारे, 08 जून (हि.स.)। भारतीय सेनाको 5/8 गोर्खा राइफल्सको बेटल अनर डे- को शुभोपक्ष्यमा सिलगढीमा रक्तको कमिलाई मध्यनजर राख्दै साथै गाउँ समाजका नानीहरूलाई पनि रक्तदानप्रति प्रोत्साहित गर्ने उद्देश्यले आज भाग्यमानी सिपाहीधुराको आयोजनामा रक्तदान शिविर सम्पन्न भयो। यस शिविरमा नर्थ बङ्गाल मेडिकल कालेज ब्लड ब्याङ्कको टिम उपस्थित थियो।
शुरुमा स्कूलको पक्षबाट ब्लड ब्याङ्कको टिम अनि हिमालयन वेल्फेयर अर्गनाइजेशनका अध्यक्ष सुरेन प्रधानलाई स्वागत जनाइएको थियो। शिविरमा गाउँका युवाहरूले स्वेच्छापूर्वक रक्तदान गरे। रक्तदान शिविरको शुभारम्भ सबिर प्रधान, करिश्मा छेत्री, ललिता थापा (वीर नारी 5/8 गोर्खा राइफल्स), बिनोद प्रधान, सुधा भुजेल, सुमेन्द्र छेत्री, रबि राई, इशा छेत्री, निशा छेत्री, क्रीस राईबाट गरिएका थियो। शिविरमा जम्मा 46 जनाले रक्तदान गरे, जसमा 19 जना महिला डोनर सामेल छन्।
यस क्याम्पमा फिजियो थेरापीका डाक्टर अदित्य सिंह गुरुङले नि:शुल्क रूपमा उपचार पनि गरेका थिए। यस सुविधाबाट जम्मा 31 जना लाभान्वित बने।
हिन्दुस्थान समाचार / हनोक