पुलिसले जाँचका लागि स्वरूप विश्वासलाई न्यू अलिपुरस्थित फ्ल्याटमा पुऱ्याइयो, क्षेत्रमा तनाउ बढ़्यो
पुलिसले जाँचका लागि स्वरूप विश्वासलाई न्यू अलिपुरस्थित फ्ल्याटमा पुऱ्याइयो, क्षेत्रमा तनाउ बढ़्यो


कोलकाता, 08 जून (हि.स.)। रङ्गदारी औ यौन उत्पीड़न समेत केही गम्भीर आरोपहरूमा पक्रा परेका स्वरूप विश्वासलाई सोमवार जाँचको सिलसिलामा न्यू अलिपुरस्थित उनको फ्ल्याटमा लगियो। न्यू अलिपुर थानाको पुलिसले पूर्व मन्त्री अरूप विश्वासका भाइ स्वरूप विश्वासलाई साहापुर कलोनीस्थित उनको फ्ल्याटमा लगेर त्यहाँ खानतलासी गऱ्यो।

पुलिस अधिकारीहरूले फ्ल्याटका विभिन्न भागहरूको गहन जाँच गऱ्यो। यस अवधि क्षेत्रमा सुरक्षाको कड़ा व्यवस्था गरिएको थियो।

स्वरूप विश्वासलाई क्षेत्रमा ल्याइएको खबर फैलिनसाथ स्थानीय मानिसहरूमा व्यापक आक्रोश देखियो। पुलिसको वाहनलाई देख्नसाथ ठूलो सङ्ख्यामा भेला भएका मानिसहरूले विरोध गर्न शुरू गरे।

स्थानीय मानिसहरूको आरोप छ, स्वरूप विश्वासले पछिल्लो लामो समयदेखिकै क्षेत्रमा आतङ्कपूर्ण माहोल बनाएका थिए। उनीविरूद्ध रङ्गदारी असुली तथा सर्वसाधारण मानिसहरूलाई सताएको जस्ता आरोपहरू लगाइएको छ।

स्थितिलाई नियन्त्रण गर्नको लागि पुलिस बल सहित केन्द्रिय बललाई पनि तैनाथ ग रियो। खानतलासी अवधि कुनै पनि प्रकारको अप्रिय घटनादेखि बच्नको लागि सम्पूर्ण क्षेत्रमा कड़ा निगरानी राखियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande