आसनसोलः 50 जना मानिसहरू तृणमूल छोड़ेर कङ्ग्रेसमा सामेल भए
आसनसोलः 50 जना मानिसहरू तृणमूल छोड़ेर कङ्ग्रेसमा सामेल भए


पश्चिम बर्दवान, 08 जून (हि.स.)। आसनसोलको राजनीतिमा सोमवार एउटा महत्वपूर्ण घटनाक्रम देख्न पाइयो जतिबेला वार्ड नम्बर 46 औ 47- का लगभग 50 जना युवाहरू तृणमूल कङ्ग्रेस छोड़ेर भारतीय राष्ट्रिय कङ्ग्रेसको सदस्यता ग्रहण गरे। गिरजा मोड़स्थित कङ्ग्रेस कार्यालयमा आयोजित एक कार्यक्रममा सबै युवाहरूलाई पार्टीमा स्वागत गरियो।

सदस्यता ग्रहण कार्यक्रममा कङ्ग्रेसका प्रदेश सचिव प्रसनजीत पुइतुण्डी आसनसोल दक्षिण विधानसभा कङ्ग्रेस अध्यक्ष शाह आलम खान तथा पार्षद एस एम मुश्तफा उपस्थित थिए। नेताहरूले पार्टीको झण्डा प्रदान गरी नयाँ सदस्यहरूलाई कङ्ग्रेस पार्टीमा सामेल गराए।

यस राजनीतिक परिवर्तनको अगुवाई कङ्ग्रेस नेता दानिश इकबाल, विश्वनाथ राय, ओम प्रकाश राय औ मोहम्मद सद्दामले गरेका थिए। यस अवसरमा पार्टीका अन्य कार्यकर्ता तथा समर्थकहरू पनि उपस्थित थिए।

कङ्ग्रेसमा सामेल भएका युवाहरूले भने, उनीहरू बेरोजगारी, महँगी तथा स्थानीय विकास जस्ता मुद्दाहरूमा कङ्ग्रेसका नीतिहरूबाट प्रभावित भएर पार्टीमा सामेल भएका हुन्। उनीहरूले आरोप लगाए, तृणमूल कङ्ग्रेसमा धरातलीय स्तरका कार्यकर्ताहरूको कुरा सुनिँदैैनथ्यो जबकि कङ्ग्रेसले युवाहरूलाई काम गर्ने अवसर दिन्छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रसनजीत पुइतुण्डीले भने, भ्रष्टाचारको आरोप नलागेका तथा स्वच्छ छवि भएका लगभग 50 जना तृणमूल कार्यकर्ताहरू कङ्ग्रेसमा सामेल भएका छन्। आगामी दिनमा यो सङ्ख्या अझ बढ़ेर जाने दाबी समेत उनले गरे। उनले भने, देशमा कङ्ग्रेस नेता राहुल गान्धी भाजपाको विरोधमा सबैभन्दा महत्वपूर्ण अनुहार भएर उदाइरहेका छन् भने धरातलीय स्तरमा पनि कङ्ग्रेस मजबुत भइरहेको छ।

शाह आलमले भने, पुरानो र नयाँ कार्यकर्ताहरूलाई मिलाएर आसनसोलमा कङ्ग्रेसलाई मजबुत बनाउने काम गरिनेछ। उनले भरोसा दिलाए, सबै कार्यकर्ताहरूलाई सङ्गठनमा सम्मान तथा जिम्मेवारी दिइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande