वरिष्ठ भाजपा नेता तागाकले राज्यसभाको लागि दर्ता गराए नामाङ्कन पत्र
वरिष्ठ भाजपा नेता तागाकले राज्यसभाको लागि दर्ता गराए नामाङ्कन पत्र


इटानगर, 08 जून (हि.स.)। अरुणाचल प्रदेश भाजपाका पूर्व अध्यक्ष औ वरिष्ठ भाजपा नेता ताई तागाकले सोमवार इटानगरस्थित विधानसभा सचिवालयमा रिटर्निङ्ग अधिकारी तादार मिन समक्ष अरुणाचल प्रदेशको एकमात्र राज्यसभा सीटको लागि आफ्नो नामाङ्कन पत्र दर्ता गराए।

तागाकको साथमा मुख्यमन्त्री पेमा खाण्डु, उपमुख्यमन्त्री चेना मिन, गृह मन्त्री मामा नाटुङ्ग, शिक्षा मन्त्री पासङ दोर्जी सोना, भाजपा प्रदेश अध्यक्ष कालिङ्ग मोयोङ्ग, असम सरकारका मन्त्री अशोक सिङ्घल, केही विधायकगण, इटानगर नगरनिगमकी मेयर लिखा नारी औ व्यापक रूपमा भाजपा नेता अनि कार्यकर्ताहरू उपस्थित थिए।

नामाङ्कनको कार्यक्रममा सत्तारूढ़ भाजपाको पक्षबाट व्यापक समर्थन देख्न पाइयो जसमा वरिष्ठ पार्टी पदाधिकारी तथा निर्वाचित प्रतिनिधिहरू ठूलो सङ्ख्यामा त्यहाँ एकत्र भए।

एकजना अनुभवी भाजपा नेता तागाक पछिल्लो केही वर्षदेखिको पार्टीसित जोड़िँदै आएका छन् भने राज्यमा पार्टीको सङ्गठनात्मक आधारलाई मजबुत बनाउनमा पनि उनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। उनलाई अरुणाचल प्रदेशमा भाजपाका सबैभन्दा वरिष्ठ नेताहरूमध्ये एक मानिन्छ भने उनले वर्षौंदेखिको पार्टीभित्र विभिन्न जिम्मेवारीहरू सम्हाल्द आएका छन्।

राज्यसभा सीटको लागि चुनाउ यसकारणले आवश्यक भएको छ, किनभने वर्तमान सांसद नबाम रेबियाको कार्यकाल आगामी 23 जूनमा समाप्त भइरहेको छ। यदि आवश्यक भए मतदान आगामी 18 जूनमा हुनेछ। 60 सदस्यीय अरुणाचल प्रदेश विधानसभामा भाजपासित भारी बहुमत भएको कारणले तागाक जीत निश्चित छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande