तूफानगञ्जमा दुई जना प्रधानले राजीनामा दिए, राजनीतिक खैलाबैला तीव्र
तूफानगञ्जमा दुई जना प्रधानले राजीनामा दिए, राजनीतिक खैलाबैला तीव्र


कुचबिहार, 08 जून (हि.स.)। जिल्लाको तूफानगञ्ज एक नम्बर ब्लकमा तृणमूल कङ्ग्रेससित सम्बन्धित दुई जना पञ्चायत प्रधानहरूले अचानक आ-आफ्नो पदबाट राजीनामा दिएका छन्। राजीनामा दिनेहरूमा क्रमैले अण्डोरान-फुलबाड़ी एक पञ्चायतकी प्रधान शुक्ला सरकार अधिकारी औ बालाभूत पञ्चायतका प्रधान आबतार अली व्यापारी सामेल छन्।

भनिन्छ, दुवै प्रधानले सोमवार तूफानगञ्ज ब्लक विकास अधिकारी (बीडीओ) कार्यालयमा पुगेर आ-आफ्नो राजीनामा सुम्पिए। उनीहरूले राजीनामा दिनुको पछाड़ि पारिवारिक कारण तथा व्यक्तिगत इच्छा रहेको बताएका छन्

एकै दिनमा दुई जना पञ्चायत प्रधानहरूले यसरी राजीनामा दिनाले जिल्लाको राजनीतिमा कोकोहोलो मचिएको छ। तथापि पार्टीको पक्षबाट यसलाई पूर्ण रूपमा व्यक्तिगत निर्णय बताइए पनि राजनीतिक गल्लीहरूमा यस घटनाक्रमलाई लिएर चर्चा चुलिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande