
कोलकाता, 08 जून (हि.स.)। कोलकातास्थित प्रवर्तन निदेशालय (ईडी)- को सिजिओ कम्प्लेक्सस्थित कार्यालयमा सोमवार तृणमूल कङ्ग्रेसकी नेता श्रेया पाण्डे उपस्थित भइन्। उनलाई ‘सोना पप्पु’ मामिलामा जाँचबुझ गर्नको लागि समन जारी गरिएको थियो जसान्तर्गत उनलाई मङ्गलवार पेश हुनुथ्यो। तथापि उनी निर्धारित तारिकभन्दा एक दिनअघि नै ईडी कार्यालयमा पुगिन्।
ईडी सूत्र अनुसार मामिलाको जाँच गर्ने क्रममा जफत गरिएका मोबाइल फोन सहित अन्य डिजीटल उपकरणहरूको जाँच गर्दा केही च्याट्समा श्रेया पाण्डेको नाम मुछिएको छ। यसै आधारमा उनलाई जाँचबुझको लागि बोलाइएको छ। जाँच एजेन्सी मुताविक यस मामिलामा केही वित्तीय तथा डिजीटल लेन-देनसित सम्बन्धित पक्षहरूको पनि जाँच गरिँदैछ।
यता श्रेया पाण्डेले सोशल मीडियामा दाबी गरेकी छन्, उनले स्वेच्छाले ईडी कार्यालयको भ्रमण गरेकी हुन्। उनलाई सोमवारको लागि कुनै नयाँ समन प्राप्त भएको थिएन। उनले यो पनि भनेकी छन्, उनले कुनै पनि समनको उल्लङ्घन गरेकी छैनन्। उनले ‘सोना पप्पु’ नामक व्यक्तिलाई चिन्न अस्वीकार गरेकी छन्।
सूत्र अनुसार यस मामिलामा पहिला पनि श्रेया पाण्डेको निकटवर्ती मानिने कल्याण शुक्लासित जाँचबुझ गरिसकिएको छ। उनको आवासबाट कथित रूपमा भूमि धाँधलीसित सम्बन्धित दस्तावेज जफत गरिएको थियो। जाँच एजेन्सीको भनाइ छ, डिजीटल साक्ष्यहरूको जाँचमा श्रेयाको नाम मुछिएपछि उनलाई पनि जाँचबुझको घेरामा लिइएको छ।
यसै मामिलामा पक्रा परेका व्यवसायी जय कामदारको आवासमा आयोजित काली पूजा कार्यक्रममा श्रेया पाण्डे उपस्थित रहेको आरोप सामु आएको छ जहाँ अन्य केही राजनीतिक हस्तिहरू पनि सामेल रहेको बताइँदैछ।
हाल ईडीको जाँचबुझ जारी छ भने मामिलाको अग्रिम कारबाही जाँचको निष्कर्षमाथि निर्भर रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा