इण्डी गठबन्धनको अब कुनै अस्तित्व रहेन: दिलीप घोष
इण्डी गठबन्धनको अब कुनै अस्तित्व रहेन: दिलीप घोष


कोलकाता, 8 जून (हि.स.) : पश्चिम बङ्गालका प़ञ्चायत मन्त्री दिलीप घोषले विपक्षी इण्डी गठबन्धनमाथि कटाक्ष गर्दै भने, अब यस गठबन्धनको कुनै अस्तित्व बचेन।

सोमवार बिहान पत्रकारहरूसित बातचित गर्दै दिलीप घोषले भने, यस (इण्डी) गठबन्धनको कुनै अस्तित्व छैन। पहिला इण्डी गठबन्धनको कुनै पनि बैठकमा ममता ब्यानर्जी सामेल हुँदै थिए, तर अहिले उनलाई यसमा भाग लिनका लागि बाध्य हुनु परिरहेको छ। अब उनको पार्टीका विधायक र सांसदहरू पनि उनको साथमा छैनन्। कुनै पनि विधायक, सांसद वा पार्षद सक्रिय छैनन्। उनीहरू आफ्नो कार्यालयमा समेत आउँदैनन्।

उल्लेखनीय छ, सोमवार नयाँ दिल्लीमा विपक्षी गठबन्धन इण्डीको बैठक आयोजना भइरहेको छ। पछिल्लो दश महिनामा यो विपक्षी गठबन्धनको पहिलो बैठक हो। यस अवधि पाँच वटा राज्यमा विधानसभा चुनाउ सम्पन्न भएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande