देश छोड्ने तयारीमा थिए तृणमूल नेता जहाँगीर खान, नेपाल सीमामा पक्राउ
जहाँगीर खान


कोलकाता, 08 जून (हि.स.)। पश्चिम बंगालको फलता विधानसभा क्षेत्रका तृणमूल कांग्रेस नेता जहाँगीर खानलाई राज्य पुलिसको विशेष कार्यबल (एसटीएफ) ले नेपाल सीमाको नजिकबाट पक्राउ गरेको छ। पुलिस स्रोतका अनुसार, उनलाई पक्राउ गरी कोलकाता ल्याइँदै छ।

स्रोतहरूको दाबी अनुसार, जहाँगीर खान नेपाल सीमाको बाटो हुँदै देश छोडेर भाग्ने प्रयासमा थिए। गोप्य सूचनाको आधारमा एसटीएफ टोलीले घेराबन्दी गरी उनलाई नियन्त्रणमा लिएको बताइएको छ। उनी यसअघि नै फरारको सूचीमा रहेको मानिएको थियो।

जानकारीअनुसार, सन् २०१९ मा जहाँगीर खानविरुद्ध एउटा मुद्दा दर्ता गरिएको थियो। उक्त मुद्दामा उनलाई अदालतबाट अन्तरिम संरक्षण प्राप्त भएको थियो। साथै, फलता विधानसभा क्षेत्रमा पुनर्निर्वाचन हुनुअघि पनि उनले उच्च अदालतबाट कानुनी संरक्षण पाएका थिए। तर, २६ मईमा उच्च अदालतले उनीविरुद्ध जारी सबै संरक्षण आदेश फिर्ता लिएपछि पुलिसलाई उनको पक्राउका लागि बाटो खुलेको थियो।

विधानसभा निर्वाचनअन्तर्गत अप्रेल २९ मा भएको अन्तिम चरणको मतदानका क्रममा फलता विधानसभा क्षेत्रका केही मतदान केन्द्रहरूमा अनियमितता भएको आरोप लागेको थियो। ईभीएममा छेडछाड तथा अन्य गडबडी भएको आरोपसमेत लगाइएको थियो। त्यसपछि पुनः मतदानको माग उठेपछि निर्वाचन आयोगले पुनर्मतदान गराउने निर्णय गरेको थियो। मई ४ मा बाँकी सिटहरूको परिणाम घोषणा गरिएको थियो।

जहाँगीर खान यसअघि पनि आफ्ना राजनीतिक अभिव्यक्तिहरूका कारण चर्चामा रहँदै आएका थिए। मतदानअघि उनको निवासमा सुरक्षा बल र पुलिसले छापा मारेका थिए। त्यसबेला उनका अभिव्यक्ति र निर्वाचनको वातावरणलाई लिएर राज्यको राजनीतिमा व्यापक विवाद उत्पन्न भएको थियो। उनले आफू राजनीतिक दबाउसामु नझुक्ने बताएका थिए, जसपछि यो विषय थप चर्चामा आएको थियो।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande