
कोलकाता, 08 जून (हि. स.)। पश्चिम बङ्गालमा लगातार भइरहेको वर्षाबीच मौसम परिवर्तन हुने स्थिति अहिले पनि कायम छ। गए आइतवार पानी परेपछि कोलकाता सहित राज्यका अधिकांश भागहरूमा मौसम शीतलता कायम छ भने आद्रताबाट राहत पाइएको छ। मौसम विभाग अनुसार सोमवार पनि वर्षाको निम्ति अनुकूल स्थिति उत्पन्न भएको छ। साथै कतिपय क्षेत्रहरूमा तीव्र हावा चल्ने अनि मेघ गर्जनसितै वर्षा हुने सम्भावना छ।
मौसम विभाग अनुसार दक्षिण बङ्गालका केही जिल्लाहरूमा आज वर्षासितै हावा-हुन्डरी आउने स्थिति उत्पन्न हुनसक्छ। बीरभूम, मुर्शिदाबाद, नदिया, उत्तर औ दक्षिण 24 परगना एवं मेदिनीपुरका केही भागहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
यी क्षेत्रहरूका कतिपय स्थानमा बिजुली चम्किने तथा गर्जनसितै वर्षा हुनसक्छ। साथै उत्तर अनि दक्षिण 24 परगना, बीरभूम, नदिया तथा पूर्व मेदिनीपुरमा 40-50 किमी प्रतिघण्टाको गतिले तीव्र हावा चल्ने चेताउनी दिइएको छ।
मौसम विभागले सोमवार बताएको छ, राजधानी कोलकातामा बिहानदेखिकै आकाशमा बादल लागेको छ। दिउँसो हल्कादेखि मध्यम वर्षा हुने सम्भावना यथावत छ। मौसम विभागले यहाँ पनि मेघ गर्जनसितै वर्षा हुने आशङ्का व्यक्त गरेको छ।
उत्तर बङ्गालमा आगामी दिनमा वर्षाको प्रभाव अझ बढ़ी देख्न सकिन्छ। दार्जीलिङ, जलपाईगुड़ी, कालेबुङ, अलिपुरद्वार तथा कुचबिहारमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान लगाइएको छ।
यता जलपाईगुड़ी र अलिपुरद्वारमा पनि घना वर्षासितै सम्भावना व्यक्त गरिएको छ। यस अतिरिक्त दार्जीलिङ, कालेबुङ र कुचबिहारमा पनि तीव्र वर्षा हुनसक्छ। उत्तर बङ्गालका अधिकांश जिल्लाहरूमा 40-50 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्ने अनुमान छ।
मौसम विशेषज्ञहरू अनुसार बङ्गालको खाड़ीबाट लगातार आद्र हावाको प्रवाह जारी छ जसकारण वातारणमा नमी बढ़ेको छ तथा वर्षाको लागि अनुकूल परिस्थिति बनिएको छ। आगामी केही दिनसम्म यस्तै मौसम रहने सम्भावना छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा