जुबिन हत्याकाण्डको सुनवाई फास्ट ट्र्याक कोर्टमा आजदेखि
जुबिन हत्याकाण्डको सुनवाई फास्ट ट्र्याक कोर्टमा आजदेखि


गुवाहाटी, 08 जून, (हि.स.)। बहुचर्चित जुबिन हत्याकाण्डको सुनवाई आजदेखि विशेष फास्ट ट्र्याक अदालतमा शुरू भइरहेको छ। मामिलाको न्यायिक प्रक्रिया अन्तर्गत आज पहिलो दिन नै अदालतले चार जना साक्षीहरूको बयान र प्रमाणहरूको मूल्याङ्कन गर्नेछ।

अदालतले यस मामिलामा साक्षीको रूपमा मोरी गाउँका तत्कालीन पुलिस अधीक्षक हेमन्त कुमार दास तथा प्राथमिकी दर्ता गर्ने रातुल बोरालाई बोलाएको छ।

यस अतिरिक्त मोरी गाउँ सदर थानाका तत्कालीन प्रभारी (ओसी) प्रणव सैकिया औ उपनिरीक्षक (एसआई) भास्कर बर्मनलाई पनि अदालतमा उपस्थित भएर गवाही दिनको लागि बोलाइएको छ।

मामिलाको सुनवाई शुरू हुनसाथ आजदेखि नै हत्याकाण्डसित सम्बन्धित तथ्यहरू तथा प्रमाणहरूको न्यायिक जाँचको महत्वपूर्ण चरण आरम्भ हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande