भागोप्रमो तीनधारे महानदी समष्टिको सांगठनिक र समीक्षा सभा सम्पन्न
महानदीमा बीजीपीएमको बैठक


खरसाङ, 08 जून (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक र समीक्षा सभा घैयाबारीस्थित समष्टि पार्टी कार्यालयमा आज सम्पन्न भएको छ। उक्त सभाको अध्यक्षता हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङले गरेका थिए।

सभालाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिका सचिव एवं सभासद प्रणाम रसाइली, तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, ट्रेड युनियन सल्लाहकार राजेन प्रधान, नारी शक्ति समष्टि सभापति निरा प्रधान, युवा शक्ति समष्टि सभापति एंव घैयाबारी ग्राम पञ्चायत तीनको उप प्रधान केवल राईले सम्बोधन गरेका थिए।

सभामा तीनधारे महानदी समष्टिको 22 वटै बुथहरुका सभापति र सचिवहरुले आ-आफ्नो बुथको सांगठनिक गतिविधिहरु विषयमा जानकारी गराउँदै वक्तव्य राखे। सभामा पञ्चायत सदस्य-सदस्याहरु र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको 22 वटै बुथहरुमा आगामी दिनमा सांगठनिक सभाहरु आयोजना गर्ने निर्णय गरिएको छ।

सभामा उपस्थित प्रतिनिधिहरुले पार्टी अध्यक्ष अनित थापाको साथमा सदासर्वदा रहिरहने प्रतिबद्धता व्यक्त गरे।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande