क्रामाकपा सोनादा जोनल दुईको सभा सम्पन्न
क्रामाकपा सोनादा जोनल दुईको सभा सम्पन्न


सोनादा, 08 जून (हि.स.)। मार्गरेट्स होपमा क्रामाकपा पार्टी सोनादा जोनल दुईको स्थानीय दुईवटा शाखा कमिटीलाई लिएर कमरेड शरद विश्वको सभापतित्वमा सभा सम्पन्न गरियो। उक्त सभामा हालको बंगालमा भाजपा सरकार गठन वा नयाँ सरकारप्रति बधाई टक्र्याउॅंदै दार्जिलिङ, कालेबुङ, खरसाङ क्षेत्रमा नवनिर्वाचित भाजपा विधायक साथै तराईका दुई विधायकप्रति पार्टीको तर्फबाट बधाई दिइयो।

पार्टीले बंगालमा परिवर्तन आम नागरिकको हितमा हुने विश्वास व्यक्त गर्दै सरकारले गोर्खाहरूको दिर्घकालीन मागलाई अविलम्ब सम्बोधन गरिदिन अपील गरेको छ। पहाडमा केन्द्र सरकारद्वारा सञ्चालित जल जीवन मिशन अन्तर्गत पिउने पानीको योजनाबद्ध कार्यान्वयन नभएको, प्रत्येक गाउँ घरमा पिउने पानीको समस्या रहेको विषयमा चर्चा गर्दै सरकारले चॉंडोभन्दा चॉंडो हस्तक्षेप गरेर योजनाबद्ध तरिकाले कार्यान्वयन गरिदिने सभाले आशा व्यक्त गऱ्यो।

सभामा 1955 को ऐतिहासिक मारगेट्स होप आन्दोलनमा शहीद भएकाहरूलाई श्रद्धाञ्जली एवं शहीद दिवस आगामी 25 जूनको दिन सोनादा बजारमा पालन गरिने पनि आजको सभाले निर्णय गरेको छ। सभामा केन्द्रिय कमिटिका उपाध्यक्ष आरपी पाख्रीन, एनआर सुब्बा, जोनल सचिव जेके सुब्बा, केन्द्रिय कमिटीका आरके राई, नारी संयोजिका फूलसरी तामाङ आदि उपस्थित थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande