
इटानगर जून 08 (हि.स.)। अरुणाचल प्रदेशका मुख्य निर्वाचन अधिकारी पवन कुमार सेनले सबै नागरिकहरूलाई मतदाता सूचीको तेस्रो चरणको (विशेष गहन संशोधन अर्थात एसआईआर) 2026-मा भाग लिने अपील गरेका छन्। उनले बल दिएर भने, यस प्रक्रियाको उद्देश्य मतदाताहरूको विवरण सत्यापन गरेर सबै पात्र नागरिकहरूको नामाङ्कनलाई सहज बनाएर एउटा सठीक, अद्यतन तथा समावेशी मतदाता सूची सुनिश्चित गर्नु हो।
आज निर्वाचन भवन, इटानगरमा मीडियालाई सम्बोधन गर्दै मुख्य निर्वाचन अधिकारी सेनले मतदाताहरूसित आफ्नो गणना प्रपत्र भर्ने तथा जमा गर्ने, आफ्नो व्यक्तिगत विवरणहरूको सत्यापन गर्ने औ सत्यापन प्रक्रिया अवधि बूथ स्तरीय अधिकारी (बीएलओ)-लाई सहयोग गर्ने आग्रह गरे। उनले दोहोर्याए, यो संशोधन प्रक्रिया भारत निर्वाचन आयोगको दिशानिर्देश अन्तर्गत गरिँदैछ ताकि यो सुनिश्चित गर्न सकियोस् कि कुनै पनि पात्र मतदाता सूचीबाट नछोड़ियोस्।
सेनले एक पारदर्शी औ त्रुटि रहित चुनावी डेटाबेसलाई कायम राख्नमा जनसहभागिताको महत्वमाथि प्रकाश पारे। बीएलओद्वारा घर-घरमा पुगेर गरिने विशेष गहन पुनरीक्षण योजनाको तेस्रो चरण 15 जून, 2026-देखि शुरू हुनेछ। यसमा राज्यभरि नै व्यापक क्षेत्र सत्यापन तथा मतदाता अद्यतन गर्नु सामेल छन्। अन्तिम अधिसूचना आगामी 22 सेप्टेम्बरमा प्रकाशित गरिनेछ।
उनले सबै पात्र नागरिकहरूलाई यस प्रक्रियामा सक्रिय रूपमा भाग लिने तथा यो सुनिश्चित गर्ने अपील गरे कि उनीहरूको नाम मतदाता सूचीमा सही ढङ्गमा दर्ता होस् जसबाट अरूणाचल प्रदेशमा लोकतान्त्रिक प्रक्रिया मजबुत हुन सकोस्।
---
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा