टाशीडिङमा अन्तर विभागीय टी20 समर कप क्रिकेटको फाइनल सम्पन्न
खेलाडीहरूलाई पुरस्कृत गर्दै मुख्य अतिथि कृष्ण लेप्चा।


- नशामुक्त समाज निर्माण गर्नु सबैको साझा दायित्व हो: कृष्ण लेप्चा

गान्तोक, 08 जून (हि.स.)। “नशामुक्त भारत, नशा मुक्त सिक्किम” नाराका साथ टाशीडिङ वरिष्ठ माध्यमिक विद्यालयको खेलमैदानमा आयोजित अन्तर विभागीय टी20 समर कप क्रिकेटको फाइनल प्रतियोगिता आइतबार सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिताको उद्देश्य खेल भावना प्रवर्द्धन, सामुदायिक सहभागिता सुदृढीकरण तथा नशा विरुद्ध जनचेतना फैलाउँदै स्वस्थ समाज निर्माण गर्नु रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथिको रुपमा ग्राम विकास विभागका ओएसडी एवम् एसकेएम पार्टीका प्रवक्ता कृष्ण लेप्चाको उपस्थिति रहेको थियो। यस अवसरमा पूर्व विधायक एवम् सिक्किम विधान सभाका पूर्व उपध्यक्ष साङ्गे लेप्चा, मुख्यमन्त्रीका ओएसडी डीगम गुरुङ, ओएसडी रेमन थापा, ओएसडी बसन्त तामाङ, ओएसडी डम्बर प्रधान, ओएसडी करन मंगर, ओएसडी डीपी शर्मा, ओएसडी डा. बिष्णु भुजेल, ओएसडी पुजन राई, गेजिङ जिल्लाको लागि मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव मधुसूदन शर्मा आदि उपस्थित थिए।

कार्यक्रमको शुरुवातमा भेटरन XI टाशीडिङ र ओएसडी XI बीचको प्रदर्शनी खेलबाट भएको थियो। फाइनल खेल टाशीडिङ वरिष्ठ माध्यमिक विद्यालय र चोङराङ बीएसीबीच खेलिएको थियो, जसमा टाशीडिङ वरिष्ठ माध्यमिक विद्यालयले उपाधि जित्न सफल भयो।

प्रमुख अतिथि ओएसडी कृष्ण लेप्चाले आफ्नो सम्बोधनमा नशामुक्त सिक्किम अभियानलाई राज्यको साझा जिम्मेवारीको रूपमा उल्लेख गरे। नशाले युवाको भविष्य, परिवार र समाजलाई गम्भीर असर पारिरहेको बताउँदै उनले उपस्थित युवा तथा अभिभावक यसबाट टाडा बसेर भविष्य निर्माणमा समर्पित हुन आग्रह गरे। यस अवसरमा उनले नशामुक्त सिक्किम निर्माणका लागि राज्य सरकारको प्रतिबद्धता उल्लेख गर्दै यसमा नागरिक समाज सहभागी बनिदिन पनि आग्रह गरे।

युवालाई खेलकुद, शिक्षा र सकारात्मक गतिविधिमार्फत नशाबाट टाढा राख्नुपर्नेमा जोड दिँदै खेलकुद नै नशा विरुद्धको सबैभन्दा प्रभावकारी माध्यम भएको ओएसडी उल्लेख गरे। एउटा सफल क्रिकेट प्रतियोगिता आयोजनका लागि क्रिकेट एसोसिएसन अफ टाशीडिङलाई बधाई दिँदै ओएसडी कृष्ण लेप्चाले लगातार आयोजना हुने खेल प्रतियोगिताले युवाहरूमा स्वास्थ्य प्रतिस्पर्धा विकास भएर जाने साथै नकारात्मक विषयबाट टाढा राख्न सहयोग पुग्ने बताए।

उनले खेल केवल मनोरञ्जनको लागि मात्रै नभई भविष्य निर्माण र करियरको अवसरका रूपमा लिन युवालाई प्रेरित गरे। यस अवसरमा उनले सिक्किम क्रिकेट खेलको विकास र युवाहरूलाई यसमा प्रोत्साहन गराउनका लागि सरकारले गरेका विभिन्न पहलबारे पनि जानकारी दिएका थिए।

प्रतियोगिताको समापन पुरस्कार वितरण समारोहसँगै सम्पन्न भयो। खेलकुदमार्फत युवा सहभागिता, सामाजिक एकता र नशा मुक्त समाज निर्माणको सशक्त सन्देशहरू साझा गर्ने उद्देश्यले क्रिकेट प्रतियोगिता आयोजन गरेको आयोजक पक्षले जनाएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande